दीपक भुसाल
बल्कोट, २५ असार, अर्घाखाँची डटकम् । जिल्ला छत्रदेव गाउँपालिका वार्ड नं ३ बल्कोट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका वार्ड नं ३ बल्कोट निवासी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संगठित सदस्य तथा समाजसेवी कम्युनिस्ट आन्दोलनका याेद्दा, स्थानिय नेता स्वर्गीय घनश्याम पाण्डेकाे निधन भएकाे ११ औ दिनकाे अवसर पारि नेपाल कम्युनिस्ट पार्टि (नेकपा) छत्रदेव गाउँपालिका वार्ड नं ३ ले श्रद्धाञ्जली सभा अयाेजना गरेकाे हो ।
श्रद्धाञ्जली सभाका प्रमुख बक्ता पार्टी प्रदेश कमिटी सचिवालय सदस्य तथा जिल्ला कमिटि सचिव ठाकुर कुमार वि.क ले फाेटाेमा माला र अभिर लगाई सभालाई सम्बाेधन गर्दै स्वर्गीय घनश्याम पाण्डे भाैतिक रुपमा हामी विच नरहेता पनि उहाकाे सम्झना हामी विच रहिरहने बताउनु भएकाे थियाे ।
उहाले पछिल्लाे समयमा पार्टिकाे स्थायी कमिटि वैठकमा एक प्रकारकाे तरंग पैदा भई नेता तथा कार्यकर्तामा नकारात्मक असर परेकाे देखिएकाे हुँदा पार्टी एकतालाई थप मजबुतका साथ अगाडि वढ्न पार्टीको विधि र पद्धतिलाई आत्मसाथ गर्नु नै घनश्याम भुसाल प्रति श्रद्धाञ्जली व्यक्त गर्नु हाे भन्नू भएकाे थियाे ।
स्वर्गीय घनश्याम भुसाल केही समय देखि अस्वस्थ भई उपचारकै क्रममा असार १५ गतेका दिन ७७ वर्षकाे उमेरमा निधन भएकाे थियाे । उक्त श्रद्धाञ्जली सभामा पार्टी प्रदेश कमिटि सदस्य छमकुमारि थापा, प्रदेश कमिटि सदस्य धर्मराज भुसाल, जिल्ला कमिटि सदस्य तथा छत्रदेव गाउपालिका ईन्चार्ज भविश्वर पाण्डे, जिल्ला कमिटि सदस्य प्रेमनारायण गैरे , भुमिकास्थान नगरपालिका सह ईन्चार्ज ठाकुर साैराग , छत्रदेव गाउपालिका अध्यक्ष रामलाल पराजुली , प्रेस संगठन नेपाल अर्घाखाँची सदस्य वसन्त कुमार वि.क , अर्घाखाँची डटकम् काठमाण्डू व्युरो दिपक भुसाल लगायत स्थानीय पार्टीका जिम्मेवार व्यक्तित्व सहित सम्पुर्णकाे उपस्थितिमा अभिर आवरण गरिएकाे थियाे ।
सभाकाे संचालन पार्टिका छत्रदेव गाउँपालिका सदस्य तेज प्रसाद खनालले गर्नु भएकाे थियाे ।