जुकेनामा वडाअध्यक्ष पौडेलले प्राविधिकलाई दुर्व्यवहार गरे, खोला तरेर आए ठिक पार्ने धम्की

जुकेना, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ५ जुकेनाका वडाअध्यक्ष कमल पौडेलले वार्डमा कार्यरत प्राबिधिकलाई दुर्व्यवहार गरेको भन्दै प्राबिधिकहरुले दु:ख पोखेका छन् । 
वार्डमा सञ्चालन भएका योजना मध्ये सम्पन्न नभएका योजनाको पुर्ण मुल्याङकन गर्न दवाव दिएको र नगरेपछि वडाअध्यक्षले प्राबिधिक भुपेन्द्र कुमार बरईलाई कार्यालय स्थलमै काम नभएको भन्दै अन्य प्राबिधिकको अगाडी नै उनले प्रयोग गर्ने ल्यावटवले हान्ने प्रयास गरेको तथा तथानाम गाली गरेको बरइले बताए ।
नयाँ अभियानका अनुसार वार्डमा सञ्चालन भएको योजना मध्येका योजनाहरु आधा काम भएका योजनाको पुर्ण मुल्याङकन गर्न भन्दा नमानेपछि वडाअध्यक्ष आक्रोशित हुँदै दुर्व्यवहार गरेको प्रबिधिकहरुको भनाई रहेको छ । वडाअध्यक्ष पौडेलले बरइलाई ५ नम्बर वार्डमा आएमा ठिक पार्छु भन्दै धम्की दिएकोसँगै रहेका प्राबिधिकले बताए खोला तरेर आइजा तलाई ठिक पार्छु भन्दै तथानाम गाली गरेको प्राबिधिक रधु नन्नद यादवले बताउनु भयो ।
असारको अन्तिम तिर धेरै योजनाहरु सञ्चालन भएको र मुल्याङकनमा पुर्ण हुन नसक्दा प्राबिधिकहरुले रकम कटाइदिन थालेपछि यस्ता घटनाहरु भइरहेका छन् । केहिदिन अघि समेत वार्ड नम्बर १ मा समेत प्राबिधिक तेज प्रसाद बेल्बासे प्रति त्यस्तै खालको दुर्व्यवहार भएको र अन्य प्राबिधिकहरुमा समेत यस्ता खालको घटना हुने गरेकोले यस्ता घटनाले काम गर्ने आत्मबल समेत कमि हुने गरेको प्राबिधिक भरत बिकले बताउनु भयो ।
प्राबिधिकहरुले अहिले पछिल्लो समयमा योजना धेरै हुने र अनुगमनमा समस्या हुने गरेकोले पनि प्राबिधिकहरुले फिल्डमा पुगेरै अनुगमन गरेर मात्र मुल्याङकन गरेकोले आफुलाई चित्त नबुझे कानुनी बाटो अप्नाउनु पर्नेमा धम्काउने थर्काउने गर्दा आत्मबल कमजोर हुने गरेको प्राबिधिक बिबेक के.सीले बताउनु भयो ।
प्राबिधिक शाखामा अहिले कर्मचारी धेरै भए पनि बस्ने ब्यवस्थापन नहुँदा सास्थी भोग्दै काम गर्नु पर्ने समस्या रहेको समेत उनिहरुको भनाइ छ ।  यसतर्फ नगरपालिकाको ध्यान पुग्न नसकेकोमा दुख व्यक्त गरे । यस्ता घटनाहरुप्रति कर्मचारी तथा जनप्रतिनिधी तल देखि माथी सबै सुध्रिनु पर्ने शितगंगा नगरपालिका प्रमुख सुर्य प्रसाद अधिकारीले बताउनु भयो ।
वार्ड सदस्य देखि सांसदसम्मका जनप्रतिनिधी सुध्रिनु गर्ने उहाँले बताउनु भयो । कर्मचारीले समेत हुने काममा यस्ता अडचन ल्याउने समस्या ठाउँ ठाउँमा हुने गरेकोले सबैले आफ्रनो काम ब्यवस्थित गर्नु पर्नेमा जोड दिनु भयो ।

अन्य समाचारहरु