अर्घाखाँचीडट्कम संवाददाता
खनदह, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीको मालारानी गाउँपालिकामा रहेका क्वारेन्टाइन र आईशाेलेसनहरुकाे प्रदेश सांसद तथा जिल्ला समन्वय समितिको टिमले अनुगमन गरेको छ ।
अनुगमनमा प्रदेश सांसदहरु चेतनारायण आचार्य, रामजी प्रसाद घिमिरे , निर्मला क्षेत्री , जिल्ला समन्वय समिति प्रमुख पिताम्वर शर्मा , उपप्रमुख ऋषिबहादुर पुलामी , जिल्ला समन्वय अधिकारी शंकर भुसाल लगायतको उपस्थिति रहेको थियो ।
क्वारेन्टाईन, आईशाेलेसन र समग्र काेराेनाकाे अबस्थाकाे बारेमा मालारानि गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्य, उपाध्यक्ष प्रमिला क्षेत्री , प्रमुख प्रशासकीय अधिकृत बिस्णु घर्ती भनभनेलि लगायतले जानकारी गराउनु भएको थियोे ।