नेपाली भाषाको एकिकरण, संरक्षण र श्रीवृद्धिका लागि श्रद्धाका साथ कलम चलाएका आदिकवि भानुभक्त प्रति हाम्रो श्रद्धा सुमन!
ज्ञान र दर्शन को भूमीमा, चोला लिएका तिमी
बल बर्कत तर शालीन मिजासको, चिनारी दिएका तिमी!
तिम्रो देशको प्रकृति, अजमायसी स्वर्ग सरी
तिम्रा गाथा विजयका, उत्कीर्ण छन् जगत भरी!!
आफै ज्ञान को मुहान भएर, विज्ञान बाट टाढा रहेको
खेप्दै जाल झेल अनेक, देश तिम्रो थला परेको!
फिरङ्गी का लालची नजर, विसङ्गति र कुरीति सँग
लडेथे तिम्रा पुर्खा, अत्याचार, बेथिति सँग!!
आज सम्म लडिरह्यौ, चिन्ताकुल तिमी पनि
यो देशको मुहार फेर्ने, आशान्वित एक सपुत बनि!
तिम्रो साधुत्वको अर्थ, नबुझ्ने लाई श्रेष्ठ ठान्दा
हेर आशा मरिरहेछन्, पत्थर लाई देउता मान्दा!!
तिम्रो मर्का कसले बुझ्यो? तिम्रो बारे कसले सोँच्यो?
आफ्नो स्वार्थ ग्रन्थि त्यागी, कुन नायकले देश रोज्यो?!
बेत सरी बगिरह्यौ , आश्वासनका लहर सँगै
राम्रो रोज्ने अधिकारलाई, सातत्यको धर्म भन्दै!!
हे परिवर्तनवादी नेपाली, मनका सुन्दर सपना नमार
आज कहिले ढिलो हुँदैन, भोलि भन्दै याम नटार!
आऊ! अब सँगै जागौँ, चेतनाका नजर उघार
हटाउ मगजका बिकार, अनि भेट्छौ बिकल्प हजार!!