अर्घाखाँचीडट्कम संवाददाता
नुवाकोट, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकामा रहेका क्वारेन्टाइन र आईशाेलेसनहरुकाे प्रदेश सांसद तथा जिल्ला समन्वय समितिको टिमले अनुगमन गरेको छ ।
अनुगमनमा प्रदेश सांसदहरु चेतनारायण आचार्य, रामजी प्रसाद घिमिरे , निर्मला क्षेत्री , जिल्ला समन्वय समिति प्रमुख पिताम्वर शर्मा , जिल्ला समन्वय अधिकारी शंकर भुसाल , जिल्ला समन्वय सदस्य झमनकुमारी श्रेष्ठ , विनाेद कुवर, प्रागका कार्यकारी निर्देशक प्रेमनारायण गैरे, पत्रकार महासंघका प्रदेस सदस्य प्रेमनारायण आचार्य लगायतको उपस्थिति रहेको थियो ।
नगरपालिका भित्रका क्वारेन्टाईन, आईशाेलेसन र समग्र काेराेनाकाे अबस्थाकाे बारेमा भुमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापा र कार्यक्रम अधिकृत हरिस्चन्द्र भुसाल लगायतले जानकारी गराउनु भएको थियोे ।