बिज्ञापन – विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.
– वीरेन्द्र केसी – सहयोगी अर्घाखाँची टाईम्स
सन्धिखर्क, अर्घाखाँची- गर्मी मौसम शुरु भएपछि वन जंगलमा लाग्ने आगालागी र डढेलो नियन्त्रण गर्न अर्घाखाँची जिल्लामा घरदैलो अभियान शुरु गरिएको छ । डढेलोबाट वन जंगल जोगाउन जिल्ला वन कार्यालयले जिल्लाव्यापी रुपमा घरदैलो अभियान शुरु गरेको जनाएको छ ।
अगालागीबाट वन जंगल र धनजनको क्षेतिलाई रोक्न गाउँ गाउँमा प्रचारात्मक अभियान शुरु गरेको छ । गत वर्ष डढेलोबाट जिल्लाका विभिन्न स्थानमा रहेका वनमा ठुलो मात्रामा वन जंगलसगै करोडौ रुपैयाको काठको नोक्सान भएपछि डढेलो नियन्त्रणका लागि यस वर्ष समयमै सचेतना र प्रचारात्मक अभियान शुरु गरेको हो । यो अभियान वन उपभोक्ता र सबैका घर घरमा पुर् याईनेछ ।
गत वर्ष जिल्लाको सिद्धारा,जलुके,जुकेना,सिमलपानी,नरपानी, लगायत १० गाविसको २५ सामुदायिक वन र राष्ट्रिय वनमा गरि जिल्लाको २५ हजार हेक्टरमा रहेको वन डढेलाले नष्ट गर्दा एक करोड भन्दा बढीको मुल्यमान काठ विरुवा र घाँस नष्ट भएकाले यसवर्ष यसलाई रोक्न यो अभियान चलाईएकॊ सहायक जिल्ला वन अधिकृत रामचन्द्र कँडेलले बताए ।
वनले जिल्लाको ठाडा डोहोटे सिद्धारा लगायतका गाविसमा सचेतना अभियान साचालन गरिसकेको छ । गाउँका सबै सर्वसाधारणलाई डढेलो लाग्न नदिने उपाय यसका रोकथाम सुचना सडक नाटक र यसबाट सतर्क रहने तरिका बारे सबै वनका पदाधिकारी र सर्वसाधारणलाई जनाकारी दिईनेछ उनले भने ।
जिल्ला वन अधिकृत सुरेश िसंहले यस वर्ष जिल्लाका सबै वन संरक्षण गरी डढेलो मुक्त जिल्ला बनाउन अहिले नै लागि परेको बताए । जिल्लामा डढेलो लाग्न नदिनको लागि प्रचारात्मक अभियान सबै सामुदायिक वनका पदाधिकारी र सर्वसाधारणसम्म पुयाईने छ उनले भने सबै सामुदायिक वनमा डढेलो लाग्न नियन्त्रण गरी डढेलोमुक्त जिल्ला बनाईने योजना रहेको छ ।
गाउँका सबै सर्वसाधारणका लागि स्थानीय रेडियोबाट सुचना मुलक कार्यक्रम तालिम अन्तरकि्रया गोष्ठी वाल पेन्टि¨ सुचना पाटी होिड¨ बोर्ड लगायतका चेतनामुलक कार्यक्रम गाउँसम्म पुयाई डढेलो लाग्नबाट वन घर गोठ चौपाया र मानवीय क्षेती हुनबाट रोक्नको लागि यो अभियान गाउँसम्म लगिने उनले बताए ।
साथै डढेलो लागिहाले नियन्त्रण गर्ने तरिका र उपायको बारेमा पनि जानकारी गराईने छ । डढेलो लागेको स्थानमा लत्काल नियन्त्रणको लागि प्रहरी सेना परिचालन गर्ने निर्णय समेत गरिएको छ । नियन्त्रणको लागि आवश्यक औजार समेत सामुदायिक वनका पदाधिकारी वितरण गरिएको छ ।
वर्षेनी आगलागी भएर करोडौको काठ र वन नोक्सान हुने सिद्धारा जलुके जुकेना सिमलपानी नरपानी ठाडा लगायतका गाविसमा विशेष सर्तकर्ता अपनाईने वन कार्यालयले जनाएको छ ।
डढेलो लागिहाले नियन्त्रण गर्न र गाउँलेलाई सचेत पार्न सहायक जिल्ला वन अधिकृत रामचन्द्र कँडेलको संयोजकत्वमा प्रहरी सेना प्रशासन साचारकर्मी रेडक्रस गैर सरकारी सस्थाका पदाधिकारी सम्मिलित सात सदस्यीय जिल्ला आगालागी तथा डढेलो नियन्त्रण समिति गठन गरिएको छ । जिल्लाको पथ्थरकोट ठाडा सन्धिखर्क लगायतका स्थानमा होडिङ्गबोर्ड राखिने छ । जिल्लामा ६७ हजार २३ हेक्टर क्षेत्रफल वन जंगल रहेको वनले जनाएको छ ।
संचारकर्मी बिरेन्द्र केसी कान्तिपुर दैनिकका लागि अर्घाखाँची सन्धिखर्क स्थित प्रतिनिधि हुन ।
हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी umakantapandey@sandhikharka.com मा पठाउन अनुरोध गरिन्छ ।