बिज्ञापन – विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.
गिरधारी विरही रिजाल
१ प्रारम्भ :-
सन् २०१० मार्च १२ को दिन । यूएईको बरदुबई स्थित एभरेष्ट इन्टरनेशनल होटेलको एक हल । अपरान्ह करीब ३ बजेसम्म सो हल खाली देखिन्थ्यो । करीब ३ः३० बजे नेपाली समाजका केही पदाधिकारीहरु तथा अन्य व्यक्तिहरुको प्रवेश हुन्छ । केही क्षणमै नेपाली दूतावासबाट महामहिम राजदूतको आगमन हुन्छ । यत्तिकैमा नेपाली समाज यूएईका केन्द्रिय सचिवले नेपाली समाज यूएई केन्द्रिय परिषद्को साधारण सभाको कार्यक्रमको लिष्ट लिएर उद्घोषण शुरु गर्छन् । समारोहमा प्रमुख अतिथिको रुपमा उपस्थित भएका महामहिम राजदूत तथा साधारण सभाध्यक्ष द्वारा पानसमा बत्ती बालेर साधारण सभाको उद्घाटन हुन्छ । त्यसपछि सँस्थाका उपाध्यक्षले निकै शिष्ट तथा मीठा शब्दमा दुई मिनेटमै स्वागत भाषण सिध्याउँछन् । कार्यक्रम निकै सटिक देखिन्थ्यो । पत्रकारहरु फोटो लिन र समाचार नोट गर्नमा तल्लीन देखिन्थे ।
केहीक्षण पछि नेपाली समाज यूएईको वेभसाइट प्रमुख अतिथि महामहिम राजदूतकै हातबाट उद्घाटन हुन्छ । उद्घाटन पश्चात् वेभसाइट डिजाइनरले यसको विशेषता र यसमा समावेश गरिएका खुराकहरुको बेलिबिस्तार गराउँछन् । कार्यक्रम स्थलमा तालीको गड्गडाहट गुाजायमान हुन्छ । सबैले वाह-वाह व्यक्त गर्छन् । त्यसपछि नेपाली समाज यूएईको विधान संशोधन समितिका संयोजक समेत रहेका नेपाली समाज यूएईका महासचिवले नेपाली समाज यूएईको संशोधित विधान २०६६ साधारण सभाबाट पारित गराउँन पढेर सुनाउँछन् । सबैजना कलम र कापी लिएर नोट गर्न मौन भै सुन्छन् । विधान पाठ सिि&#न्छ । विधान पारित गर्नका लागि उपस्थित जनसमुदायलाई ताली बजाएर समर्थन गर्न उद्घोषकबाट अनुरोध गरिइन्छ र ताली पड्काएर पारित हुन्छ विधान । अनि समाजका कोषाध्यक्षले राजिनामा दिई सबै हिसाबकिताब आपुूलाई बुझाएर गएकाले वार्षिक आय व्यय पढेर महासचिवले नै समारोहमा प्रस्तुत गर्छन् । समाजको आय भन्दा व्यय धेरै देखिएको र समाज नोक्सानमा दौडिरहेको थाहा लागेपछि उपस्थित जनमानस मौन रुपमा मुखामुख गर्छन् । यूएईका एक लाख पचास हजार नेपालीहरुलाई समस्या पर्दा अब कसरी उ¢ार हुन्छ भनेर सोचमग्न थिए होलान् शायद । त्यसपछि महासचिवले समाजको आगामी कार्ययोजना र बजेटको प्रस्तुतिकरण पनि आकर्षक रुपमै प्रस्तुत गरे जुन सोचे अनुसार भएमा आगामी नयाँ कार्यसमितिलाई नाफासहित हस्तान्तरण गर्न सकिने पनि बताए । विधान पाठ र आय व्यय विवरण प्रस्तुतिकरण सकिएपछि प्रमुख अतिथि महामहिम राजदूतले साधारण सभा सुखद् रुपमा सम्पन्न होस् भन्ने शुभकामनाको अभिव्यक्ति िदंदै आपुू कार्यव्यस्तताले गर्दा पूरै सभामा बस्न असमर्थ रहेकोले विदा मागेर आफ्नो गन्तव्यतिर लाग्छन् ।
कार्यक्रमको अर्को चरणमा नेपाली समाज केन्द्रिय समितिमा रिक्त हुन आएका पदहरु प्रिपूर्ति गर्ने क्रम थियो । सँस्थामा रिक्त हुन आएका तीन्टा पदमध्ये उपाध्यक्ष कोषाध्यक्ष र प्रवक्ताको रहेको जानकारीमा आएको थियो । कोषाध्यक्ष र प्रवक्ताको पदमा एक-एक जनाको मात्र उम्मेदवारी परेकोले निर्विरोध निर्वाचित भएको घोषणा भयो भने एउटा उपाध्यक्षको पदमा भने तीनजनाको उम्मेदवारी परेकाले सहमतिमै लगेर एउटालाई मात्र समर्थन गर्ने अनि अरुले उम्मेदवारी फिर्ता लिने र निर्वाचन नगराउँने भन्ने हल्लाले हल गुाजायमान हुन्छ । त्यसपछि उपस्थितमध्ये केही अगुवा तथा समाजसेवीहरुको सकि्रयतामा उम्मेदवारहरुलाई सहमतिमा ल्याउँने प्रयास जारी रह्यो तर प्रयास विफलताको मुखतिर धकेलियो । उम्मेदवारहरु आपुूमात्र त्यस पदको लागि योग्य भएको र आपुूले मात्र सो पदको भूमिका निभाउँन सक्ने दावी गर्दागर्दै बीचमा एक उम्मेदवारले अर्को उम्मेदवारलाई समर्थन गर्दै र आफ्नो उम्मेदवारी फिर्ता िलंदै सो माचबाट जनसमुदायतिर आउँछन् तर दुईजना उम्मेदवारहरु भने एकले अर्कोलाई सहमति दिन नसक्ने अडान लिएर चर्काचर्की परेपछि चुनाव निश्चित प्राय भयो । पदपूर्ति समितिले मतपेटिका ल्याएर निर्वाचन गराउँन तम्तयार भयो । निर्वाचन आचारसंहिता अनुसार परिषद्का पार्षद्हरुले मात्रै मतदानमा भाग लिन पाउँने व्यवस्था रहेकाले उनीहरुले पार्षद्हरुको नाम मतदानका निम्ति बोलाउँछन् र केहीले मतदान पनि गरिसक्छन् । उपस्थितमध्ये केही पार्षद्हरुले यहाँ सबै पार्षद्हरुको बहुमतको आधारमा उपस्थिति नभएकाले उपस्थित अन्य सबै व्यक्तिहरुले पनि मतदान गर्न पाउँनुपर्छ अन्यथा आपुूले पनि मतदानमा भाग नलिने र यो मतदानको निर्णयलाई समर्थन नगर्ने अडान लिन थाले । यसो त यो भन्दा अघि नै उपाध्यक्षका प्रत्यासी तीन उम्मेद्वारमध्ये एक उम्मेद्वारले सहमतिमा गएर एकजनालाई समर्थन गर्ने भए आपुूले उम्मेद्वारी फिर्ता लिने र सहमति हुन नसके यहाँ पार्षद्को न्यून उपस्थिति रहेको अवस्थामा निर्वाचन भएमा आपुूलाई मान्य नहुने बताइसकेका थिए । यत्तिकैमा हल हल्लैहल्लाले गुिाजन थाल्यो । यसपछि केही झुण्ड व्यक्तिहरु स्टेजमा आई होहल्ला सहित स्टेज घेराबन्दी गर्न थाले । एकले अर्कालाई धम्कीसम्म दिने खालका आवाजहरु गुिाजएपछि पदपूर्ति समितिका संयोजकले सो रिक्त पद नेपाली समाज यूएई केन्द्रिय कार्यसमितिले निर्णय गरेर आफै पूर्ति गर्नेछ भनेर घोषणा गर्न बाध्य भए भने कार्यक्रम साचालकले आजको साधारण सभा यत्तिकैमा स्थगित गरिएको घोषणा गरे । त्यतिबेलासम्म एउटा कुनामा बसेर यी सबै दृश्यहरु नजरमा कैद गर्दै यूएईको सबैभन्दा पुरानो र जेठो सँस्थाको साधारण सभा रणभूमिमा परिणत भै अधोगतितिर जाँदै गरेको यो पँक्तिकारले टुलुटुलु हेरिरहेको थियो ।
२ नेपाली समाजको साधारण सभा किन फेल भयो त ?
गतसाल नेपाली समाजको २१ जनाको पूर्ण केन्द्रिय कार्यसमिति र केन्द्रिय परिषद्का अध्यक्ष सहितको घोषणा भएपनि केन्द्रिय समितिको हाल रिक्त रहेका ३ वटा पदहरु र केवल अध्यक्ष मात्रै रहेको केन्द्रिय परिषद् अनि सो परिषद् साचालन गर्ने अन्य कोही पनि नभएकाले नै यी दुई मुख्य कारकतत्व मान्न सकिन्छ । परिषद्मा १५४ जना पार्षद् सहित घोषणा गरिएको केन्द्रिय परिषद्का अध्यक्षको समेत अनुपस्थिति रहेको नेपाली समाजको साधारण सभा केवल घोषणामै सीमित रह्यो । सर्वप्रथम नेपाली समाजको केन्द्रिय कार्यसमितिको निर्देशन मुताविक केन्द्रिय परिषद्को भेला गराएर परिषद्लाई पूर्णता दिइनुपर्दथ्यो तर तर एकजना अध्यक्ष मात्र रहेको केन्द्रिय परिषद् केवल नाममा मात्रै सीमित राखियो । अनि साधारण सभा घोषणापूर्व केन्द्रिय परिषद्को बैठक बोलाई साधारण सभामा लैजाने एजेण्डाहरुको तयारी गरिइनुपर्दथ्यो । समाजको विधान साधारण सभामा दन्त्यकथा जस्तै पढेर सुनाउँनुको साटो केन्द्रिय परिषद्को बैठकबाट पारित गराएर साधारण सभामा लगेर ताली पड्काउँन लगाउँनुपर्दथ्यो । आयोजक समितिका पदाधिकारीहरुको कामको जिम्मेवारीमाथि नेतृत्व तहले निगरानी राख्न सक्नुपर्दथ्यो । नेपाली समाजका पार्षद्हरुको डाटा संकलन साधारण सभापूर्व नै गरिइनुपर्दथ्यो । समाजमा रहेका रिक्त उपाध्यक्ष र कोषाध्यक्षका पदहरु पदाधिकारीहरुले राजीनामा दिनासाथ सोही बखत सार्वजनिक गरिइनुपर्दथ्यो अनि रिक्त पदमा असल उम्मेदवारको खोजी गर्न अन्य यस अन्तर्गतका सँस्थाहरुमार्फत् अगि्रम सूचना जारी गरिइनुपर्दथ्यो । रिक्त रहेको प्रवक्ताको पद केन्द्रिय कार्यसमिति आफैले परिपूर्ति गर्न सक्नुपर्दथ्यो किनकि यो पद विधानतः समितिलाई नैसर्गिक अधिकार थियो होला शायद । सर्वमान्य सँस्थाको साधारण सभा जस्तो संवेदनशील स्थलमा गैर पार्षद्हरुको उपस्थिति अत्यन्त आपत्तिजनक हो । सभास्थलमा यो रोक लगाइएको हुनुपर्दथ्यो । साधारण सभामा पार्षद्हरुले प्रत्यक्ष बोल्ने प्रश्न राख्ने उत्तर दिने खुलस्त व्यवस्थाको कमी टड्कारो रुपमा देखिन्थ्यो । सरसर्ती हेर्दा साधारण सभा शुरुआत् र स्थगनको अधिकांश नियमहरुको पालना भएको देखिन्थेन । यसको अर्थ यो हुन जान्छ कि समाजको साधारण सभाको स्पष्ट कार्यनीति र दिशानिर्देश भएको नै थिएन । यस साधारण सभाको अर्को सबैभन्दा कमजोर पक्ष के हो भने सँस्थाका सम्पूर्ण पार्षद्हरुलाई सही समयमा सही जानकारी नहुनु सबै पार्षद्हरुलाई साधारण सभाको खबर पुर्याउँन नसक्नु र विधानमा उल्लेख भएअनुसार साधारण &