पिताम्बर बन्जाडे
भरेर गाग्रो मुल रित्तिदैन ;
बाँडेर माया मुटु सिध्दिदैन ।
आऊ बढाऊँ सदभावलाई ;
छरेर बास्ना फूल रित्तिदैन ।।
को ठूलो ? को सानो ?झुठो तमासा ;
चलिरहेको छ यो रंगशाला ।
खेला सकियो र पर्दा उठायो ;
फेरि सुन्य मा नै गएर बिलायो ।
न थियौ तिमी नै,न थिएँ म पैले ;
के ले जुटायो र संगै छौँ अहिले ।
व्यर्थै नपालौं अभिमानलाई ;
के थाहा फेरि जानु छ कहिले ?
अस्तु: