खिल्जीका विपन्न परिवारलाई जापानबाट बिक्रम थापाले राहत सहयोग गरे

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नं. ६ खिल्जीमा लकडाउनमा परेर समस्यामा परेका विपन्न परिवारलाई राहत सहयोग वितरण गरिएको छ । 
खिल्जीको खमारीबासका बिक्रम थापाले लकडाउनका कारण दैनिकी चलाउन समस्या परेका १७ विपन्न परिवारलाई राहत सहयोग वितरण गरेका हुन् । 
जापानमा रहेका बिक्रम थापाले आफ्ना स्वर्गिय अमर थापाको सम्झनामा १७ परिबारलाई एक कट्टा चामल, एक लिटर तेल र एक किलो नुनका दरले सहयोग गरेका हुन् । 

अन्य समाचारहरु