परदेशीको कथा (कविता)

सरिता गैरे भू न पा १०
धनपैसो कमाउने भनि परदेश आए आमा
धनको लोभले ज्यानको बाजी लाएर धाए आमा
खोले सिस्नो खाएको जिउ समयमा खानु छैन
तिम्रो काख छोडे देखि पाउनु दुख पाय आमा
जे भयानी फोन गर्दा सबै ठिक छ भन्नुपर्छ
मनभरि पिडा लुकाई मुख ले झुट बोले आमा
मेशिन मा काम गर्दा मेरो एउटा हात गयो
तर पनि खुसि झैँ आभासः यहा दिलाय आमा
साहू को ऋण तिर्न अझै सकेको नै छैन गाउमा
पठाउछु पैसा भनि आसैआस मा पारे आमा
चुहियको छानो फेर्ने थियो मेरो सपनामा
खुसि हुन्थे फाटेको त्यो चोली फेर्न पाए आमा
बगायको पसिनाको मूल्य छैन परदेश मा
खुसि हुन्थ्यो मन मेरो तिमलाई भेट्न पाय आमा
फर्किन्छु कि फर्किन्न म दोधार मा परेको छु
जतिसुकै भयपनी तिम्ले मन बुझाय आमा
बिदेशिन रहर हैन स्वदेशमै काम पाको भय
सजिलै सास जान्थ्यो मेरो तिम्रो काखमा मर्न पाय आमा