मालारानी गाउँपालिकाका प्राबिधिक कर्मचारीहरु दिनरात फिल्डमा

सुर्य भुसाल 
मालारानी, अर्घाखाँची । मालारानी गाउँपालिका अर्घाखाँचीका प्राबिधिक हरिषचन्द पान्डे सहितका प्राबिधिक कर्मचारीहरु दिनरात फिल्ड पुगेर काम गरेपछि स्थानिय मालारानीबासीहरु हर्षित भएका छन ।
प्राबिधिकहरु रातदिन झरिवादल नभनि खटिएको कारण लकडाउनका बेला पनि बिकासका कामहरु सम्पन्न भएको स्थानियबासीहरु बताउछन । 
जनताको काम गर्न निकै सरल स्वाभका पान्डे सहितका कर्मचारीहरुले स्टमेट गर्ने मुल्यांकन गर्ने अनुगमन गर्ने काममा सधै ब्यस्त देखिन्छन ।
मालारानी गाउँपालिका खनदहमा हामी पुग्दा मालारानी गाउँपालिका भित्रका बिभिन्न योजनाहरु तथा आगामी बर्षका योजनाहरुको प्राबिधिक स्टमेट मुल्यांकनमा निकै ब्यस्त देखिने  प्राबिधिक  हरिषचन्द्र पान्डेसहितका कर्मचारीहरु  गाउँपालिकाको सबै प्राबिधिक काम रातदिन गरि सिध्याउन पर्ने बाध्यता भएको बताउनु हुन्छ । 
कर्मचारीले त १० देखि ४ बजेसम्म काम गरे पुग्छ तर उहाहरु बिहान ७ देखि साझ ८ बजे सम्म कार्यालयको काम तथा फिल्डको काममा ब्यस्त भएको स्थानियबासीहरु नै बताउछन । 
उहा  भन्नु हुन्छ गुणस्तरीयतामा कुनै कम्परमाईज गर्दैनौं काम नगरे भुक्तानीका लागि सिफारिस गर्ने गर्दैनौं । अनुगम तिब्र पारेका छौ ।