खिल्जीमा बाटो स्तरोन्नतिका नाममा जताततै डोजर लगाउदा ठुलो विनास,स्वास्थ्य चौकी नै पहिरोको जोखिममा

अर्घाखाँचीडट्कम संवाददाता
खिल्जी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । दिनहुँजसो परिरहेको बर्षाद सँगै पाखोबाट पहिरो खस्न थालेपछि अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर ६ खिल्जीका कयौ बस्ती खतरामा परेको छ ।
सडक जथाभावी रुपमा खनिएका कारण खिल्जीका माथि – तल पट्टिको  पाखोबाट पहिरो खस्न थालेपछि जोखिम बढेको हो ।
यस्त्तै सडक विस्तारका क्रममा डोजरले खनेको ठाउँमा पक्की पर्खाल नलगाएका कारण खिल्जीको स्वास्थ्य चौकी नै पहिरोको जोखिममा परेको छ । स्वास्थ्य चौकी मुनी पहिरो जाँदा यसलाई समयमै व्यवस्थापन तर्फ नलागे करोडौंको क्षति हुन सक्ने बताइएको छ । 
यस्तै खिल्जीका कयौ गाउँमा पहिरो गएको र ठाउँ – ठाउँमा पहिरो जान लागेको भन्दै स्थानियबासी त्रासमा छन् ।
कमजोर भू–धरातल भएको पाखोमा डोजर चालकले आफ्नै ढङ्गले खनेको सडक भूगोल नबुझिकन अहिले विस्तार गर्दा पहिरोको जोखिम बढेको स्थानियबासीले बताए । खिल्जीका सडक स्तरोन्नतिका नाममा जताततै डोजर लगाएको देखिन्छ ।
माथी कम्जोर भू–भाग तलबाट कटान गर्दा खिल्जीका अधिकांश बस्तीहरु जोखिममा परेका छन् । विकास निर्माणका नाममा जथाभावी माटो कटान गर्दा यहाँका दर्जनौ बस्ती जोखिममा परेका हुन् ।
यहाँ खिल्जीमा सडक स्तरोन्नतिका नाममा ठेक्दार, जनप्रतिनिधी, राजनितिक दलको मिलेमतोमा कच्ची पर्खाल लगाउने,  मिलाएर कटान नगर्ने जस्ता काम हुँदै आएका छन् । 

अन्य समाचारहरु