मालारानीमा जनतालाई सुसूचित गराउन मालारानी बुलेटिन प्रकासनमा ल्याउने प्रमुख प्रशासकिय अधिकृत भनभनेली

सुर्य भुसाल 
खनदह, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विस्णु  घर्ति भनभनेली गुल्मी जिल्लाको भनभने गाबिसमा जन्मिऐका कुसल राष्टसेबक तथा बरिस्ठ साहित्यकार हुन । 
गुल्मी जिल्लाको भनभने गाबिसको कार्यालयबाट २०५२ सालमा करार सेवा हुदै जागिरमा प्रबेस गरेका घर्ति २०५६ सालबाट बिधिबत नेपाल सरकारको स्थायि जागिरमा प्रबेस गरि निजामती सेवामा समर्पित भऐका ब्यक्ति हुन । 
लामो समय सम्म हुलाक सेवा अन्तरगतका कार्यलयमा सेवा गरेका घर्ति २०६३ सालबाट तत्कालिन गाबिस सचिबको रुपमा २०६८ साल सम्म  काम गरि अनुभवी प्राप्त राष्टसेवक कर्मचारी हुन  । 
भनभनेली २०६८ सालमा शाखा अधिकृत पास गरि गृह मन्त्रालयका बिभिन्न फाट हुदै गुल्मि पाल्पा सल्यानमा सहायक प्रमुख जिल्ला अधिकारी कपिलवस्तु स्याङ्जामा प्रशासकिय अधिकृत सामान्य प्रसासन मन्त्रालय हुदै हाल अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा कार्यरत घर्ति मालारानीबासीको छोटो समयमा प्रिय बनेर काम गर्न सफल कुसल सक्षम अधिकृत हुन  । 
लामो समय जागिरे जिबन बिताएका निस्कलङकित राष्टसेबकको छबि बनाउन सफल  अधिकृत घर्ति   स्थानिय निकाएमा पनि अनुभबि अधिकृतको सुचिमा पर्छन र काम पनि निकै राम्रो गर्ने अधिकृत हुन ।
संघीयता कार्यन्वयनमा आएसँगै मालारानी गाउँपालिकामा केहिसमय अगाडि प्रमुख प्रशासकीय अधिकृतको रूपमा आएका  घर्ति  छोटो समयमै मालारानी गाउँपालिकाकाको प्रिय बन्दै छन । 
घर्तिले बिश्वब्यापी फैलिएको कोरोना रोग नियन्त्रणका लागि उल्लेखनीय भुमिका खेल्दै कोरोना रोग तथा त्यसको नियन्त्रणका लागि गरेका कामहरु समाबेसी गरि आम जिल्लाबासीलाई जानकारी दिने उदेश्य ले बुलेटिन प्रकासित गरि चेतना फैलाउन सफल भएका थिए । 
घर्ति आएपछि मालारानीमा मालारानी बुलेटिन नामक प्रकासन गरि गाउँपालिकाका सबै गतिविधि समेटिएको र जनतालाई सुसूचित गराउने र पारदर्शितालाई मुख्य प्राथमिकता दिएर काम गरेका अधिकृत हुन ।
 भनभनेली साहित्यकार कबि निबन्ध कार समेत हुन सव्च्व छबिका घर्ति मालारानीमा आएपछि नयाँ नयाँ काम गर्दै आएका छन ।