मालारानी गाउँपालिकामा ४६५ जनाले रोजगार पाए

हरि कुवर 
खनदह, अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिकामा ४६५ जनाले रोजगार पाएका छन् । 
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आर्थिक बर्ष २०७६।०७७ मा प्रधानमन्त्री राेजगार कार्यक्रम मार्फत मालारानी गाउँपालिकामा विनियाेजित रकम रू ६० लाख ७५ हजारबाट स्थानिय तह मातहत रहेका राेजगार सेवा केन्द्रकाे समन्यवयमा प्रदान गरिएकाे राेजगारीमा वडा नं १ मा २५ जनाले ६० दिन, वडा नं २ मा १४ जनाले ४० दिन, वडा नं ३ मा १२२ जनाले ४५ दिन, वडा नं ४ मा १४० जनाले १६ दिन, वडा नं ५ मा ६० जनाले १६ दिन, वडा नं ६ मा ३० जनाले ४० दिन, वडा नं ७ मा १२ जनाले ४५ दिन, वडा नं ८ मा १९ जनाले ४५ दिन र वडा नं ९ मा ४३ जनाले १६ दिन रोजगार पाएकाे पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले बताएका छन ।
प्रत्येक वडाका बिभिन्न ठाउँमा गोरेटो बाटो निर्माण, मोटरबाटो नाली कटिङ, शार्वजनिक शौचालय निर्माण, आधारभुत विद्यालय भवन निर्माण, पोखरी निर्माण, सिढी तथा पार्क निर्माण लगायतका आयाजना गरि रोजगार कार्यक्रम मार्फत पालिकाभरी २३ वटा आयोजनाहरु सञ्चालनमा आएका थिए ।
आयोजनाहरुको समाप्ती पश्चात सम्पूर्ण काममा खटिएका ४६५ जना बेरोजगार ब्यक्तिको बैक खाता खोली दैनिक रु ५१७ का दरले काम गरेको दिन अनुसार ज्याला भुक्तानी गरिएको र जम्मा जम्मी पालिकाभरिका ४६५ जनालाई ५१ लाख सात सय २२ रुपैया भुक्तानी भएकाे पालिकाका राेजगार संयाेजक महेश भुसालले जानकारी दिएका छन ।