मनसुनी वायुको प्रभावका कारण देशभर आगामी तीन दिनसम्म वर्षा हुने

काठमाडौं । देशभर मनसुनी वायुको प्रभावका कारण मौसममा सुधार आउन अझै केहि दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
न्यूनचापीय रेखा तलमाथि हुने क्रम चलिरहेकाले मौसममा सुधार हुन केहि दिन लाग्ने पूर्वानुमान गरिएको छ । बर्षा न्यून हुदै गएपनि देशभर आंशिकदेखि सामान्य बर्षाको क्रम जारी नै छ ।
महाशाखाका अनुसार बाग्मती ,गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा बर्षा जारी रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।
आगामी तीन दिनसम्म यी स्थानमा भारी बर्षाको सम्भावना रहको पूर्वानुमान गरिएको छ । इमेजखबरमा समाचार छ ।