मध्य-पूर्व समस्यासम्बन्धी रुस, अमेरिका, संयुक्त राष्ट्र संघ तथा युरोपेली संघ गरी चार पक्षको सम्मेलन आज बिहान मस्कोमा आयोजना भएको छ। प्यालेष्टाइन तथा इजरेलबीचको भिडन्तको अन्त्य र प्यालेष्टाइन-इजरेल सम्झौता वार्ता पुनःशुरु गर्ने कुरा नै यस सम्मेलनको मुख्य विषय हो।
प्राप्त समाचारअनुसार, चार पक्षको सम्मेलनले ठोस विषय र स्पष्ट अडान भएको दस्ताबेज पारित गर्नेछ। यस दस्ताबेजले प्यालेष्टाइन-इजरेल प्रत्यक्ष वार्तासम्बन्धी अन्तर्राष्ट्रिय समाजको सिद्धान्त तथा अडानलाई पनि दोहोर्याउनेछ।