अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सन्धिखर्क नगरपालिकामा छापा मारी लागेका शंकास्पद बिषयवस्तु माथि अनुसन्धान भईरहेको बताएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत साउन ७ गते बुधवार सन्धिखर्क नगरपालिकाको कार्यालयमा छापा मारेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल प्रवक्ता सुरेश भुसालले अर्घाखाँचीडट्कमलाई जानकारी दिए अनुसार उजुरीकाे आधारमा केही कागजहरुकाे फाेटाे कपि लगेकाे छ ।
तिन वटा फाईल लगेको बताइएको छ । जसमा सलह किरा कोरोना अनि घुम्टिको ठाडो बाटोको भन्ने छ ।