सिद्धारामा लामिदमार सामुदायिक स्वास्थ्य ईकाईको एम्बुलेन्स संचालनमा आयो

घनु गाहा, 
सिद्धारा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका लामिदमार सामुदायिक स्वास्थ्य ईकाई शितगंगा वार्ड नम्बर ९ सिद्धाराले आज शुक्रबार देखि एम्बुलेन्स सेवा सूचारु गरेको छ । एम्बुलेन्स सेवा सुचारु गर्नु पूर्व वडा अध्यक्ष भिम केसीले गाडीको पुजा गरी आजबाट सेवा सुचारू भएको घोषणा गर्नुभयो ।
सोही अवसरमा वडाका स्थानीय बिरामीलाई लक्षित गर्दै एम्बुलेन्स सेवा संचालनमा ल्याएको वडा अध्यक्ष भिम केसीले बताउनु भएको छ । शितगंगा ९ सँगै अन्य १०, ११ वडाका विभिन्न क्षेत्रमा बसोबास गर्ने जनताले पनि सेवा लिने अध्यक्ष केसीले बताउनु भयो । बिरामीहरु लाई सहज ढङ्गले एम्बुलेन्स सेवा उपलब्ध गराउने उद्धेश्यले एम्बुलेन्स सेवा संचानमा ल्याएको उहाँको भनाई छ ।
अध्यक्ष केसीको निरन्तर प्रयास पछि साउन ७ गते लामिदमार स्वास्थ्य इकाईलाई एम्बुलेन्स हस्तान्तरण गरिएको थियो । प्रदेश नं. ५ का सांसद रामजी प्रसाद घिमिरेको सहयोगमा प्रदेश सरकारबाट प्राप्त बजेटबाट खरीद गरी शितगंगा नगरपालिका वडा नं. ९ स्थित लामिदमार स्वास्थ्य ईकाइलाई हस्तान्तरण गरिएको थियो।
लामिदमार स्वास्थ चौकी इन्चार्ज विना भट्टराईलेका अनुसार बिकट बस्तिमा सेवा संचालन गर्न केहि चुनौति भएपनि त्यस क्षेत्रका अधिकांस बिरामीले अकालमै ज्यान गुमाउनु परेको अवस्था अब नआउने बताउनु भयो ।
एम्बुलेन्स सेवा सुचारू भएसंगै स्थानिय बासीहरुले खुसी व्यक्त गरेका छन ।

अन्य समाचारहरु