पहिरोको जोखिममा परेको खाँचीकोटको आदर्श माबि मैदान क्षेत्रमा पर्खाल निर्माण

अर्घाखाँचीडट्कम संवाददाता 
खाँचीकोट, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटको आदर्श माबि मैदानको पहिरोबाट जोखिममा परेको भन्दै पर्खाल निर्माण गरिएको छ । 
खाँचीकोटको आदर्श माबि मैदानको अबिरल बर्षाका कारण पहिरोबाट जोखिममा परेको भन्दै पर्खाल निर्माण गरिएको हो । 
सडक पूर्वाधार कार्यालय अर्घाखाँचीका डिभिजन प्रमुख बिनोद चौधरीको पहलमा  पर्खाल निर्माण गरि बिधालयको संरक्षण गरिएको छ ।

अन्य समाचारहरु