छत्रदेव गाउँपालिका पनि कोरोना मुक्त, संक्रमितको संख्या सुन्य

अर्घाखाँचीडट्कम संवाददाता 
छत्रदेव, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका पनि कोरोना मुक्त भएको छ । यहाँ संक्रमितको संख्या सुन्य छ । यसअघि सन्धिखर्क र पाणिनी गाउँपालिका संक्रमितको संख्या सुन्य थियो ।
छत्रदेव गाउँपालिकाका क्वारेन्टाईनमा अहिले १२ जना मात्र रहेका छन् ।   
यस्तै अर्घाखाँचीमा संक्रमितको संख्या ३ सय २६ पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ४३ जना, शितगंगा नगरपालिकामा ६६,  भूमिकास्थान नगरपालिकामा १०७,  मालारानीमा ६८, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जना गरि अर्घाखाँचीमा हाल सम्म ३२५ जना संक्रमित रहेका छन् ।
यस्तै अर्घाखाँचीमा आईतबारसम्म ३२१ जनाले कोरोना जितेर घर फर्केका छन् । भने २ जना उपचाररत छन् । 
 जसमा सन्धिखर्क नगरपालिकामा ४३ जना, शितगंगा नगरपालिकामा ६४,  भूमिकास्थान नगरपालिकामा १०५,  मालारानीमा ६७, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जना गरि  हाल सम्म ३२१ जनाले कोरोनालाई जितेका हुन् ।
यसैविच अर्घाखाँचीमा आईतबारसम्म १ सय ९१  जना बिभिन्न क्वारेन्टाईनमा रहेका छन् । गत जेठ महिनासम्म क्वारेन्टाईनमा बस्नेको संख्या झन्डै ६ हजार पुगेकोमा अहिले भारतबाट आउनेको संख्या कमी तथा दैनिक डिस्चार्ज हुनेको संख्यामा बृद्धि हुँदा अहिले १  सय ९१ मा झरेको हो । यस्तै जिल्लाका बिभिन्न क्वारेन्टाईनबाट २४ घण्टामा छ जना डिस्चार्ज भएका छन् ।   
 यस्तै आईतबार दिउँसो ३ बजेसम्ममा २४  घण्टामा ० जना बिभिन्न क्वारेन्टाईनमा भित्रिएका छन् । अर्घाखाँचीका ६ वटा स्थानिय सरकारले २ सय ४३ स्थानमा ५ हजार १ सय ३ वटा बेड सहितको क्वारेन्टाईन स्थापना गरि भारत लगायतका ठाउँबाट आएकाहरुलाई क्वारेन्टाईनमा राख्ने र पिसिआर परिक्षणमा रिर्पोट पोजेटिभ देखिएमा आइसोलेशनमा पठाउने गरेका छन् । 
आईतबारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा २ जना संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।   

अन्य समाचारहरु