अर्घाखाँचीडट्कम संवाददाता
रोकाटोला, अर्घाखाँची । खेतबारीमा लगाएको मकैबालीमा बादरले सताएपछि अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका नगरपालिका वार्ड नम्बर ३ को रोकाटोला छापडाँडामा बादर धपाउने यन्त्र गनको प्रयोग गर्न थालिएको छ ।
रोकाटोला छापडाँडामा स्थानिय ७ वटा समुह- किसानहरुलाई बादर धपाउने यन्त्र गन वितरण गरिएको हो ।
बर्षेनी किसानको खेतबारीमा लगाएको तरकारी तथा मकैबालीमा बाँदरले नोक्सान गरेपछि ठुलो आवाजमा पड्काएर बाँदर धपाउने उपाय खोजिएको हो ।
किसानले बर्षेनी बादरले मकै बाली नष्ट गरेपछि हैरानी खेप्दै आएका यहाँका किसानले बाँदर धपाउने उपाय खोजिदिन वार्डलाई अनुरोध गरेपछि वार्डले यस्तो बिधी अपनाएको हो ।
बर्षेनी रोकाटोला छापडाँडा गाउँमा बाँदरले किसानलाई सताउदै आएको छ । बर्षेनी बाँदरले खेतबारीमा लगाएको तरकारी अन्नबालीमा नोक्सान गर्दा बाँदर धपाउने उपाय खोजिदिन आग्रह गरेपछि वार्डले ठुलो आवाज पड्काउने गन वितरण गरिएको हो ।