अर्घाखाँचीडट्कम संवाददाता
खिल्जी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नं. ६ खिल्जी खमारीबासमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।
समाजसेवी युवा क्लब, खिल्जीद्वारा प्रदान गरिएका करिव २०० विरुवाहरु खिल्जी-६, खमारीबास सल्लेरी चौर, डोटाहापोखरा ढोबाटमा रोपि उक्त कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा खोल्टिको पखेरो सामुदायिक वन अध्यक्ष शान्ता बन्जाडे, सचिव पारस बस्नेत र नेपाली काङ्ग्रेसका युवा नेता चिन्तामणी बस्नेत, शिक्षक तिलक राम बन्जाडे लगायत स्थानीयहरुको उपस्थिती रहेको थियो ।
खिल्जीकै यस नमुना क्ल्बले डिभिजन वन कार्यालय अर्घाखाँचीको सहयोग स्वरुप आएका ३००० बिरुवाहरुलाई साउन महिनामा खिल्जीका विभिन्न स्थानमा रोप्ने उद्देश्यका साथ अगाडि बढेको छ ।
वि.सं.२०७० मा स्थापित उक्त समाजसेवी युवा क्लबले वातावरण संरक्षण र सरसफाइका क्षेत्रमा विविध कार्यहरु गर्दै आएको छ ।