डिभर्नामा चारतारा बहुउद्धेश्यीय सहकारी संस्थाको कार्यालय भवन उद्घाटन

विक्रम पाण्डे समान्ता
सन्धिखर्क, अर्घाखाँची ।   चारतारा बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेट सन्धिखर्क नगरपालिका वडा नं. १२ डिभर्नाको कार्यालय भवनको एक कार्याक्रमको वीच उद्घाटन गरीएको छ ।
सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालको प्रमुख आतिथ्यतामा कार्यालय भवनको उद्घाटन गरीएको हो । उद्घाटनसँगै सहकारीले नयाँ भवनबाटै सेवा सुरु गरेको छ।
सहकारी कार्यालय भवनको उद्घाटन गर्दै नगर प्रमुख भुसालले आर्थिक रुपान्तरणको मेरुदण्ड सहकारी क्षेत्र भएकोले सहकारीमा आबद्ध भई आप्ःनो जिवनयापनलाई आर्थिक रुपमा बलियो बनाउनु पर्ने बताउनु भयो ।
भुसालले सहकारीले व्यावसायिक कृषि, पशुपालन तथा दुग्ध जन्य बस्तुहरुलाई प्रवद्र्धन गरी उत्पादनमा बृद्धि संगै आर्थिक समृद्धिको बाटालाई अघि बढाउनु पर्ने धारणा राख्नुभयो । सहकारीबाट जनताको चेतनामा बृद्धि विकास गर्दै सकारात्मक सोचको विकास हुने खालका आयआर्जनमुलक कार्यक्रम गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा मन्तब्य राख्दै सहकारीका सल्लाहकार तथा सन्धिखर्क १२ का वडा अध्यक्ष नारायण खड्काले नागरीकलाई आन्तनिर्भर बनाउनका लागि सहकारीले उत्पादनशिल क्षेत्रमा लगानी बढाउनुपर्ने भनाई राख्नुभयो । उहाँले फजुल तथा अनाबश्यक खर्चलाई घटाएर सहकारीमा बचत गर्न सबैलाई आग्रह गर्नुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै संस्थाका सल्लाहकार हरी बहादुर खड्काले व्यक्तिको आर्थिक विकास विना समाजको सम्रग विकास हुन नसक्ने भन्दै उहाँले यूवाहरुलाई आय आर्जन गर्न उत्साहित गरि लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै अर्का सल्लाहकार लिलाधर बस्यालले जिल्लाको सहकारीको क्षेत्रमा चारतारा बहुउद्धेश्य सहरकारीलाई नमुना बनाउने तर्फ आप्ःनो सुझाव सधै रहने बताउँदै सदस्यहरुलाई बचत गर्ने बानिको विकास गर्न आग्रह गर्नुभयो ।
कार्यक्रम संस्थाका अध्यक्ष कृष्ण बहादुर खड्काको अध्यक्षता , उपाध्यक्ष कृष्ण कुमार बस्यालको स्वागत मन्तब्य तथा सचिव तारा प्रसाद बस्यालको संचालनमा सम्पन्न भएको छ ।
२०७४ सालमा स्थापना गरी २०७६ सालमा बैधानिकता पाएको सहकारीमा ५४१ सदस्य रहेका छन् । सहकारीको हाल चाुल पुँजी ५० लाख ९१ हजार रहेको छ । संस्थाले सहरकारीको कार्य संपादनलाई पारदर्शि, भरपर्दो र सजिलो बनाउनको लागी विद्युतिय माध्यमबाट कारोबार सुरु गरेको पत्रकार विक्रम पाण्डे समान्ताले जानकारी दिनुभयो ।

अन्य समाचारहरु