शितगंगा नगरपालिकाका टोलटोलमा पुगेर पढाउदै ग्रीन स्टार बोर्डङ स्कुल

अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची । लकडाउनले बिद्यार्थी को पठन पाठन प्रभाबित भए पछि शितगंगाकै अग्रिण शौक्षिक सस्था समेत रहेको ग्रन स्टार इङ्लिस बोर्डिङ स्कुलले विभिन्न ८ वटा टोलमा पुगेर पठन पाठन गराइरहेको प्रिन्सिपल कमल बेल्बासेले जानकारी दिनु भयो  ।
 लामो समय सम्म बिद्यालय बन्द हुँदा बिद्यार्थीको पढ्ने बानी समेत कम भए पछि अभिभावकहरु समेत चिन्तित बने पछि गुनासो आउन थाले पछि टोल टोलमा शिक्षक पुगेर पठन पाठन गराइ रहेका छन ।
दिनभर खेलर समय बिताउने छोराहरु बोर्डिङले गाउमै आएर पठाउन थालेपछि पढ्न सुरु गरेको स्थानिय अभिभावक निरु अधिकारीले बताउनु भयो । 
घर नजिकै गाउका केहि बिद्यार्थी  जुटाएर सामाजिक दुरी कायम गराउदै पठन पाठन सुरु गरे पछि अहिले अभिभावकहरुले समेत स्वास्थ मापदण्ड पुराउदै बिद्यार्थी हरुलाई बोडिङ्गले सञ्चालन गरेको गाउघर सिकाइमा पठाउन थालेका छन ।
शितगंगामा समादय स्तरमा कोरोना परिक्षण सुरु जोखिम मानियका क्षेत्रमा पिसिआर परिक्षण  
शितगंगा नगरपालिकाले आज ५५ जनाको पिसिआर परिक्षण गरेको छ । समुदाय स्तरमा कोरोना देखिन थाले पछि शितगंगा नगरपालिकामा पनि जोखिम मानिएका क्षेत्रमा रहेका ५५ जनाको पिसिआर परिक्षण गरिएको छ आज शितगंगा नगरपालिकाको वडा नम्बर १,२,३,४ र १२ को बिभिन्न क्षेत्रका ५५ जनामा पिसिआर परिक्षण गरिएको शितगंगा नगरपालिकाका स्वास्थ शाखा प्रमुख कृष्ण पौडेलले जानकारी दिनु भयो । शितगंगा नगरपालिकामा अहिले १ जना मात्र कोरोना सक्रमित रहेका छन । 
उनि दह आधारभुत बिद्यालयको क्वारेन्टाइनमा रहेका छन केही दिन अघि पिसआर पोजेटिभ आएका शितगंगा नगरपालिका ३ का उनको कोरोना पोजेटिभ रहेको थियो उनी अहिले दह आधारभुत बिद्यालयमा रहेका छन । कोरोना सक्रमण हुँदा समेत क्वारेन्टाइन स्थलमै राखेको भन्दै दह आधारभुत बिद्यालयको क्वारेन्टाइन मा बस्ने तथा वरपरका स्थानिय समेत त्रसित भएका छन ।  
शितगंगा नगरपालिकाको आइशुलेशन ज्योती माबिको क्वारेन्टाइन  बनाए पनि १ जनामा त्र रहेकोले मानशिक रुपमा कमजोर हुन सक्ने भन्दै क्वारेन्टाइनमै राखिएको स्वास्थ शाखा प्रमुख पौडेलले बताउनु भयो । साथै चिकित्सकले नियमित सुपमै परमर्मस गरेको  पौडेलले बताउनु भयो । 
शितगंगा नगरपालिकामा विभिन्न क्वारेन्टाइनमा गरि २४ जना मात्र बाँकी रहेका छन भने आज ७ जनाको आरडिटी रिर्पोट नेगेटिभ आए पछि घर फर्किएका छन अब शितगंगा नगरपालिकामा १७ जना मात्र क्वारेन्टिनमा रहेका छन्  ।

अन्य समाचारहरु