अर्घाखाँचीडट्कम संवाददाता
पटौती, अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ७ पटौतीको नीगालीमा दुम्सीले मकै खाएर ठुलो क्षति गरेको छ ।
पटौतीको भालुमारा टोल्कोमा दुम्सी साराले मकै खाएर ठुलो क्षति गरेको हो । टोल्कोमा पहिलो लटमा लगाएको मकै बाली रातमा आएर खाने गरेको छ ।
पोलेर खान ठिक्क परेको मकै यसरी दुम्सी ( सारा) ले खाई दिदा किसानलाई निकै मर्का परेको स्थानीय किसान टोपलाल भट्टराई भनाई छ ।
नीगालीका टोपलाल भट्टराई, छबीलाल भट्टराई, सुध्न भट्टराईका अनुसार ५, ७ महिनाको खर्च टार्ने मकै नै खाइदीदा निकै दुखी भएको बताउनुभयो । यहाँका गाउँमा रात भरी जागाराम बारीमा आगो बाल्ने भाडा बजाउने गर्नु परेकोमा दुख व्यक्त गरेका छन् ।