नबिन के.सी
खन, अर्घाखाँची । रोजगारको शिलसीलामा प्रदेशी भुमिमा रहेका नेपाली दाजु भाईहरुलाई स्वदेशको चिन्ताले पिरोली रहेको हुन्छ ।
आफनो जन्म भुमिमा केही सहयोग गर्न पाएमा खुसी हुने नेपालीहरुको बिशेषतानै बनेको छ । स्वदेशमा मानबियता हराएको जस्तो महशुस भएको बेला बिदेशि भुमिबाट सहयोगी हातहरु फैलिन्छन ।
केही सहयोग रकम दुरपयोग भए पनि अधिकासं सहयोगहरु दुखेको घाउँमा मलम पट्टि गरे जस्तै भएका छन । अष्टे«लियमा बस्ने नेपालीहरुले पनि आफनो खाजा खर्च कटाएर तथा बिभिन्न च्यारिटी शो–हरु सञ्चालन गरेर बिद्यालयमा पठन पाठन गर्ने बिद्याथीहरुलाई रकम सकंलन गर्ने गरेका छन । नेनाज फाउन्डेसननै स्थापना गरेर पैसा अभाब भएर बिद्याय छाड्न नपरोस भनेर छात्रबृति रहक स्वरुप सहयोग गर्ने कार्यको सुरुवात भएको हाल अष्ट्रेलियमा बसेस फाउन्डेसनको संस्थापक नारायण पन्थीले बताउनु भयो । ‘हामिले छात्रबृति बितरण गर्ने बिद्यार्थीहरुलाई उच्च शिक्षा पुरा हुनजेल सम्म निरन्तर रुपमा सहयोग गर्ने गरेका छौ ।
अहिले मालारानी गाउँपालिका वडा नं ५ बाँगीका ७ जना बिद्यार्थीलाई निरन्तर बितरण गरेका छौ । अब यो संख्या बढाउँदै लैजाने छौ । शिक्षा क्षेत्र राम्रो भयो भने उज्वल भबिश्य बन्न सक्दछ । ५ कक्षा पढदा पढ्दै कोहि पनि भारतमा मजदुरी गर्न जान नपरोस भन्ने हो ।
’बिद्यालयको सिफारिसमा नेनाज फाउन्डेसनले प्रत्येक बर्ष बिद्यार्थीहरुलाई पठन पाठन गर्न सहज होस भनेर उक्त सहयोग रकम हस्तान्तरण गर्ने गरेको संस्थाका अध्यक्ष खिमानन्द पन्थीले बताउनु भयो । अष्टेलियमा बस्ने जिल्लाबासीहरुको सहयोगमा बिद्यार्थीहरुलाई बिगत बर्षहरु देखीनै छात्राबृति बितरण गर्ने कार्य अनुकरणीय रहेको मालारानी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष शोभाकर भुसालले बताउनु भयो । बिदेशी भुमिमा रहेर पनि जिल्लाको चिन्ता र आर्थिक अबस्था नभएर कसैले बिद्यालय छाड्न नपरोस भनेर नारायण पन्थीको पहलमा भएको कार्य सहरनिय भएको शान्ति माध्यमिक बिद्यालयका प्रध्यानाध्यापक मानबहादुर पाण्डेले बताउनु भयो । छात्रबृछि पाएर पढेका बिद्यार्थीहरु पठन पाठनमा समेत उतकृष्ट भएको समेत पाण्डेले बताउनु भयो ।
मालारानी गाउँपालिका वडा नं ५ का वडा सदस्य डालबहादुर चौहान र श्रीधर पन्थीले ७ जना बिद्यार्थीहरुलाई १०००० का दरले आर्थिक सहयोग हस्तान्तरण गर्नु भएको हो ।
छात्रवृत्ति पाउनेहरुमा अर्जुन कुवर, विकाश भुसाल,रोमा भुसाल, बिश्व थापा,अरुण बिक, सुसाङक थापा, र कमला वि क रहेका छन् । कार्यक्रम सुन्दर आधारभुत बिद्यालयका प्रध्यानाध्यापक शोभाखर पन्थीको अध्यक्षता र संस्थाका सचिब शोभाकर भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।