नुवाकोटको पाँनडाडामा विपन्न परिवारलाई खाद्यान्न वितरण गरी चिरन खड्काको जन्मदिन मनाइयो

डिआरजी सुमन
नुवाकोट, अर्घाखाँची डटकम । साउन २० । वैदेशिक रोज़गारको लागी मध्यपूर्व स्थित संयुक्त अरवईमिरेट्समा रहेका खड्काको जन्मदिन भूमिकास्थान नगरपालिकाको नुवाकोट पाँनडाडामा विपन्न परिवारलाई राहत स्वरूप खाद्यान्न वितरण गरि मनाईएको छ ।
डिआरजी सुमन फ़ैन्स कल्व का अध्यक्ष समेत रहेका खड्का हाल विदेशमा रहेता पनि अधिकतमसमाज सेवामा समर्पित देखिएका छन । अर्घाखाँची जिल्ला को सन्धिखर्क नगरपालिका खाँचीकोटमाजन्मिएका खड्काले आफ्नो जन्म दिन तड़क भड़क गरि केट काटेर होटलमा मनाउन भन्दा गाँउघरमारहेका गरिव निमुखा जनतालाई सहयोग गर्दा आफुलाई आनन्द हुने वताउछन । भूमिकास्थाननगरपालिका नुवाकोट स्थित युवासमाजसेवी राकेश रायमाझीको सिफ़ारिशमा नुवाकोट स्थितपानडाडामा चार जनालाई खाद्यान्न वितरण गरिएको छ  ।
भूमिकास्थान नगरपालिका वडा नं ७ वडा अध्यक्ष तारा वहादुर मल्ल प्रमुख अथिती रहनु भएकोकार्यक्रममा मीना रायमाझी,सिता केसी,विमल रायमाझी,तुल्सी रायमाझी,सागर रायमाझी,विष्णुप्रसाद खनाल,महेन्द्र मल्ल,लेख वहादुर रायमाझी,मोहन रायमाझी,टंक रायमाझी,उत्तम मल्ल,यमवहादुर थापा,हरी श्रेष्ठ,सुरज जीसी,कमल खनाल,थान वहादुर रायमाझी,नेत्र खनाल लगायतकोउपस्थिती रहेको कार्यक्रममा स्वतन्त्र पत्रकार डिआरजी सुमनले “सेवा नै धर्म हो” “यदि हामी सकिन्छभने आफ्नो हैसियतले भेट्नेगरी पिडितको लागी आवश्यक सहयोग गरौ, यदि सकिदैन भने आफ्नोमहत्वपूर्ण समय वर्वाद पारेमा चोकचोक र सामाजिक संजालमा यति र त्यति यस्तो र त्यस्तो भनेरकसैको अनावश्यक टिकाटीप्पणी गर्नुको औचित्य छैन । यदि कसैसँग प्रतिस्पर्धा गर्नु छ भने उसकोक्षमतासँग गरौ अनावश्यक टिकाटिप्पणीमा सिमित रहेर गरेको प्रतिपर्धा र विरोधको तुक छैन भन्दैसमाजसेवी चिरन खड्का को अभियानलाई प्रसंसा गर्दै यस्तै उदाहरणीय कार्य गर्न सिक्नु पर्नेमा जोडदिदै नुवाकोट स्थित चार जनालाई खाद्यान्न सामाग्री वितरण गरिएको छ । जसमा देवकला नेपाली , सुन्तली विक, यमकला घर्ति क्षेत्री, हरिकला थापा लाई राहत वितरण गरिएको छ ।
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका ७ किटेनी धरमपानीमा बुवा चेत बहादुर खड्का र आमागंगा खड्का को जेठो छोरा को रुपमा २०४६ साल साउन २० गते भएको थियो । कार्यक्रममाभूमिकास्थान नगरपालिका वडा नं ७ वडा अध्यक्ष तारा वहादुर मल्लले कल्व अध्यक्ष चिरनखड्का,उपादक्ष्य राकेश रायमाझी र सिंगों कल्वको कार्यलाई खुलेर प्रसंसा गर्दै यों पाठ सवैले सिक्नजरुरी रहेको वताउनु भयो ।
सन्धिखर्क नगरपालिका खाँचीकोटवाँसी समाजसेवी चिरन खड्का डिआरजी सुमन फ़ैन्स कल्वकोअध्यक्ष रहेको कल्वको उपादक्ष्यमा भूमिकास्थान नगरपालिका नुवाकोटवाँसी राकेश रायमाझी रमहासचिवमा पाणिनी गाँउ पालिकावाँसी मिलन न्यौपाने रहनु भएको छ । यस कल्वले विभिन्न स्थानमापुगेर अतिविपन्न तथा विपत्तिमा परेका पिडितको समस्यामा आवश्यक सहयोग गर्दै आएको छ ।
तस्वीर डिआरजी सुमन/अर्घाखाँचीडट्कम

अन्य समाचारहरु