बसन्त श्रेष्ठ छापेली
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका भित्रका सडकलाई हरित मार्ग बनाउने कार्यको बिजारोपण भएको छ ।
सन्धिखर्क नगरपालिका वडा नं १ को आयोजना तथा सशस्त्र प्रहरी वल ३६ नम्बर गुल्मको सहयोगमा सन्धिखर्क लदाम छाप झेडी हुदी मिलमिले सडकमा निलकाडा रोपी राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का उज्वलले सुरूवात गर्नुभयो । सडकको डिलमा निलकाडा लगाउदै राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्काले नगरको सौन्दर्यता र वातावरणीय स्वास्थ्यलाई ठुलो टेवा पुग्ने बताउनुभयो ।
सन्धिखर्क नगर प्रमुख कमल प्रसाद भुसाले मिलमिले सम्मनै वाटोको स्थरोन्नी गर्दै हरित मार्गको रुपमा विकास गरिने बताउनुभयो । उपप्रमुख ठाकुर कुमार बिक किशोरले सन्धिखर्क नगरपालिका भित्रका सहायक बाटोहरुको प्राथमिकीकरण गरी नयाँ बाटो बन्दा बनीसकेका बाटोहरुको स्थरोन्नतीमा केन्द्रीत भएको बताउनुभयो ।
सन्धिखर्क वडा नं १ का वडाध्यक्ष युवराज बञ्जाडेले नगरस्तरीय तथा वडा स्तरीय योजना समेटेर लदाम मिलमिले सडक खड्को स्थरोन्नतीमा तिब्रता दिने बताउनुभयो । कार्यक्रमको सञ्चालन वडा सदस्य लक्षमण पराजुलीले गर्नुभएको थियो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका निमिक्त प्रमुख प्रशाससकीय अधिकृत युगलनारायण बस्याल, सशस्त्र प्रहरी बल ३६ नम्बर गुल्मका गुल्मपति माधव रेग्मी, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख मनिराम पराजुली, नेकपा सन्धिखर्क नगरकमिटि इन्चार्ज राजेन्द्र भुसाल, नगरकमिटि अध्यक्ष श्रीकृष्ण भुसाल, वडा नं १ का वडा सदस्यहरु बलबहादुर रानाभाट, सुमित्रा मुखिया, आशा परियार लगायतले बृक्षारोपणमा सहभागिता जनाउनुभएको थियो ।