पर्सामा मृत्यु भएकी एक युवतीमा कोरोना पुष्टि, नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुग्यो

पर्सामा सोमबार मृत्यु भएकी एक युवतीमा कोरोना पुष्टि भएको छ ।
पोखरीया नगरपालिका वडा नम्बर– ९ वार्वास्थित मामाघरमा बस्दै आएकी १८ वर्षीया युवतीको हिजो आकस्मिक स्वाब परिक्षण गर्दा कोरोना पुष्टि भएको हो ।
सोमवार झाडा बान्ता हुन थालेपछि उपचारको लागि नेशनल मेडिकल कलेज वीरगंजमा ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भइसकेको चिकित्सकले जानकारी दिएका छन् ।
गण्डक कोभिड अस्पतालका संयोजक डाक्टर उदयनारायण सिंहले उनको मृत्यु कोरोनाको कारण भएको बताउनुभयो ।
यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ । इमेजखबरमा समाचार छ ।