औलाउने हातको घुइँचो (कविता)

ज्ञानमन्जरी पौडेल 
आश्चर्य किन लागोस् यो दुनिया उल्टो छ ।
गल्ती केवल अरूको, आफूले जे गरे नि सुल्टो छ ॥
शय्यौ राम्रा गुण होलान, एउटा गल्तीले पुग्दछ ।
गल्ती झल – झल सम्झनामा , ती गुण सबै लुक्दछ ॥
झुक्केर नि नबगाउ आशुं , जहाँ तिम्रो कथा बिक्दछ ।
सोचेउ ! बुझ्यो कसैले समस्या , जो आफैमा दिक्क छ ? ॥
नियालेर हेर आफूलाई, तिमी भित्र चित्र प्रष्ट छ ।
सारथी तिम्रो आत्मबल, तिमीलाई केही भन्दै छ ॥ 
हिजो पनि लडेकै हो, उठाउन तिमीलाई को नै थियो ।
आज लडेर के भो त, हौसला जुटाउने तिमीले नै हो ॥
औलाएका हातलाई सम्झ , ताली बजाउने तिनैले हो । 
सकारात्मक उर्जा लिएर हिड, जीवनचित्र बदल्ने आफैले  हो ॥