अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ र २ सन्धिखर्क र चुत्राबेसीका खानेपानी ग्राहकहरुलाई मार्सिक महशुल दरमा ७० रुपैयाँ घटेको छ ।
सन्धिखर्क साना शहरी खानेपानी तथा सरसफाई नगर आयोजनाले नौलापानी राटटारी खानेपानी योजना संचालनमा आएपछि ३२० रुपैयाँबाट २५० रुपैयाँ घटाएको हो ।
भाद्र १ गते देखि लागू हुने गरि खानेपानी महशुलमा हाल कायम रहेकाे सन्धिखर्क साना शहरी खानेपानी तथा सरसफाई नगर आयोजनाले बताएको छ ।
यस्तै सन्धिखर्क साना शहरी खानेपानी तथा सरसफाई नगर आयोजनाले नौलापानी राटटारी आयोजनालाई शुरूकाे चरण देखि अन्तिम चरण सम्म आयोजना निर्माण कार्य गर्दा सहयाेग तथा हाैसला प्रदान गर्नु हुने अर्घाखाँची जिल्लाका संघिय सांसद टोप बहादुर रायमाझी, राष्ट्रिय सभा सदस्य चन्द्र बहादुर खडका “उज्ज्वल”, प्रदेश सभा सदस्यहरू, जिल्ला समन्वय समिति, सन्धिखर्क नगरपालिका परिबार , जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय ,निर्माण समिति ,पुर्ब खानेपानी अध्यक्ष पदाधिकारीहरु सामाजिक कार्यमा अग्रिम भुमिका निभाउने बुद्धिजीवीहरू सन्धिखर्क नगरपालिका १,२,३,९,१० का वार्ड अध्यक्ष तथा जनप्रतिनिधिहरू, मालारानी गाउँपालिका ५ का वार्ड अध्यक्ष लगायत पानीको मुलक्षेत्रका जनताहरु, राजनैतिक दल नागरिक समाजका अगुवाहरू तथा निर्माण ब्यबसायी जग्गाधनी, निर्माण कार्यमा खटनुहुने मजदुर, संचारकर्मीहरूलाई धन्यबाद दिएको छ ।
गत २०७५ चैत्र २२ गते शुक्रवार सन्धिखर्क साना शहरी खानेपानी उपभोक्ताको आयोजनामा नौलापानी राटटारी खानेपानी आयोजनाको पुर्ब उपप्रधानमन्त्री तथा सांसद टोपबहादुर रायमाझीले एक समारोहको बिच शिलान्यास गरेका थिए ।
सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ र २ का १७०० घर धुरी लाभान्वित हुनेछन् । उक्त आयोजना करिब ५ करोड लागतमा सम्पन्न भएको हो ।