खाँचीकोटको फर्ज्याङखोला, डिही र किटेनीका एक दर्जन घरधुरी पहिरोको जोखिममा (भिडियो, तस्बिर सहित)

धुर्वराज आचार्य
किटेनी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अविरल वर्षासँगै आएको पहिरोका कारण  अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटको फर्ज्याङखोला डिही र किटेनीमा  लगभग एक दर्जन घरधुरी जोखिममा परेका छन् ।
खाँचीकोटको फर्ज्याङखोला डिही र किटेनीमा अविरल वर्षासँगै आएको पहिरोका कारण १० घरपरिवार (घरधुरी) जोखिममा परेका हुन् । जसमा ४ घरधुरी उच्च जोखिममा छन् ।
उच्च जोखिममा पर्नेमा फर्ज्याङ्गखोलाका सीता केसी, रामबहादुर पाण्डे, डिहीका भागिरथा केसी र किटेनीका कृष्ण बहादुर नेपाली किटेनी रहेका छन् ।
साथै मध्यम जोखिममा परेका घरधुरीमा डिहीका सुर्य थापा, र किटेनीका छन्द बहादुर नेपाली, किशन नेपाली, रामु नेपाली रहेका छन् । यस्तै किटेनी शान्तिनेटाको श्री भगवती प्राथमिक बिद्यालय पनि पहिरोको जोखिम परेको छ ।
यस्तै फर्ज्याङखोलाबजारमा गत असार ६ गते पहिरोले क्षति गरेको थियो । लामो समय हुँदा पनि सम्बन्धित निकायले कुनै चासो नदेखाएको भन्दै यहाँका स्थानियबासीहरु चिन्तित तथा आक्रोसित भएका छन् ।
दर्जनौ घरपरिवार विस्तापित हुने अवस्था आउँदा पनि वार्ड तथा नगरपालिकाले कुनै चासो नदिएको उनिहरुको गुनासो छ ।
अर्घाखाँचीभर खुकुलो माटो भएका ठाउँमा जथाभावी बाटो खन्दा वर्षामा पहिरो आउँदा स्थानीय हैरान छन् ।

अन्य समाचारहरु