अर्घाखाँचीडट्कम संवाददाता
सितापुर, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर २ सितापुरमा टिप्परले किच्दा एक बालककाे घटनास्थलमै मृत्यु भएकाे छ ।
सन्धिखर्कबाट ठाडा तर्फ आइरहेकाे लु ३२ प २३९१ नम्बरकाे माेटरसाइकलमा आमा- बाबुसँग आएका ३ बर्षिय अबिषेक थापालाई ना८ ख ६६९८ नम्बररकाे टिप्परले किच्दा ज्यान गएकाे हाे ।
लगातार ३ वटा टिप्पर तिव्र गतिमा आएकाे अगाडिकाे टिप्पर तिव्र गतिमा गएपछि अर्काे टिप्पर आउदा राेकेकाे मोटरसाइकल अझै कुनामा सार्न खाेज्दा बच्चा सडकमा खसेकाे उनका बाबुले बताए । अगाडि गएकाे टिप्पर पुन: पछाडि ल्याएर किचेकाे उनले बताए । केही नभएकाे बच्चालाई टिप्पर ब्याग गरि किच्दा छेद बिछेद अबस्थामा बालककाे शब सडकमा रहेकाे थियाे ।
घटनाकाे प्रकृति हेर्दा समेत ब्याग गरेरै किचेकाे जस्तै स्पस्ट देखिन्छ । २ वटा गाडी सजिलै पास हुन सक्ने फराकिलाे सडकमै दुर्घटना भएकाेले टिप्परकाे लापरबाहीका कारण दुर्घटना भएकाे भन्दै स्थानिय युवाहरु अाक्राेसित भएका छन । घटनाकाे प्रहरिले अनुसन्धान गरिरहेकाे छ ।टिप्पर चालक र टिप्पर प्रहरीकाे नियन्त्रमा छन् ।
प्रहरीले घट्नाको अनुसन्धान भईरहेको बताएको छ ।