डिभर्नामा चारतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको दोश्रो साधारण सभा सम्पन्न

बिक्रम पाण्डे “सामान्ता ” ।
डिभर्ना, अर्घाखाँची साउन ३१ । सन्धिखर्क नगरपालीकाका नगर प्रमुख कमल प्रसाद भुसालले सहकारीको माध्यमबाटै आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनु भएको छ ।
सन्धिखर्क नगरपालिका १२ डिभर्नामा रहेको चारतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको दोस्रो साधारण सभालाई संबोधन गर्दै भुसालले उक्त बिचार ब्यक्त गर्नु भएको हो। सहकारीले व्यावसायिक कृषि, पशुपालन तथा दुग्ध जन्य बस्तुहरुलाई उत्पादनमा बृद्धि संगै आर्थिक समृद्धिको बाटालाई अघि बढाउनु पर्ने कुरामा जोड दिनु भएको छ ।
कार्यक्रममा सन्धिखर्क नगरपालीका वडा नं. १२ का वडा अध्यक्ष नारायण खड्काले मानिसको आर्थिक रुपान्तरणको मेरुदण्ड सहकारी क्षेत्र भएकोले सहकारीमा आबद्ध भई आफ्नो जिवनको भविष्य सुधार गर्दै समाजमा सकारात्मक संदेश दिई उदाहरणीय कार्य गर्न आग्रह गर्नुभयो । नेपाली कांग्रेसका क्षेत्रीय सभापति केशवराज कुँवरले व्यक्तिको आर्थिक विकास विना समाजको समग्र विकास हुन नसक्ने भन्दै सबै एकजुट भई सहकारीमा आबद्ध हुन आग्रह गर्नुभयो।
सहकारीका सल्लाहकार हरी बहादुर खड्काले सहकारीको माध्यम बाट यूवाहरुलाई आय आर्जन गर्न उत्साहित गरि लगानी गर्नुपर्नेमा जोड दिनुभयो । सल्लाहकार लिलाधर बस्यालले सन्धिखर्क नगरपालीकामै पहिलो पटक दर्ता गरी बैधानिकता पाएको सहकारी भएकै कारणले आम वार्डबासीको साथ र समर्थन पाएको बताउनु भयो ।
सल्लाहकार बस्यालले एउटा वार्डमा दुई वटा बहुउद्धेश्यीय सहकारी संचालन गर्न नपाइने हुँदा चारतारा सहकारी नै एकमात्र बहुउद्धेश्यीय सहकारी संस्था भएको उल्लेख गर्नुभयो । उहाँले चारतार बहुउद्धेश्यीय सहकारी बैधानिक रूपमा खोलिएकोले कसैले भ्रम र झुटको खेती नगर्न अनुरोध गर्दै बरु सहकारीमा आबद्ध हुन सबैलाई आग्रह गर्नुभयो।
कृषि विकास बैंँक अर्घाखाँची शाखा प्रमुख तथा स्थानीय चिरन्जीवी बस्यालले सहकारीको माध्यमबाट आयमुलक ब्यबसायलाई जोड दिई आर्थिक उपार्जन गर्न तर्फ सबै लाग्नुपर्ने बताउनुभयो ।उहाँले पुँजी संकलन मात्र होइन।अब सहकारी हरु उत्पादन तर्फ अगाडि बढनु पर्ने र ब्यबसाय गर्न चाहाने ब्यक्तिले सहकारीसँग सहकार्य गरी अगाडि बढन बैंँकको तर्फबाट आबश्यक पर्ने प्राबिधिक तथा अन्य क्षेत्रमा सहयोग गर्न तयार रहेको उद्घोष गर्नुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष कृष्ण बहादुर खड्काले संस्थाको वार्षिक प्रतिबेदन प्रस्तुत र कोषाध्यक्ष खिमकला कुँवरले वार्षिक आयब्यय प्रस्तुत गर्नु भएको थियो। साथै संस्थाका लेखा समिति संयोजक लिलामणि बस्यालले लेखा समितिको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो।
कार्यक्रम संस्थाका अध्यक्ष कृष्ण बहादुर खड्काको अध्यक्षता , उपाध्यक्ष कृष्ण कुमार बस्यालको स्वागत मन्तब्य तथा सचिव तारा प्रसाद बस्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।
२०७४ सालमा स्थापना गरी २०७६ सालमा बैधानिकता पाएको सहकारीमा ५९१ सदस्य रहेका छन् साधारण सभाले सेयर सदस्य थप्ने प्रस्तावलाई सर्व सम्मत रूपमा पारीत गरेको छ । साथै यस आथिर्क वर्षमा सेयर सदस्य थप गरी एक हजार पुर्याउने लक्ष्य लिएको छ । सहकारीको हाल चाुल पुँजी ५० लाख ९१ हजार रहेको छ ।

अन्य समाचारहरु