अमेरिकी प्रतिनिधि-सभाले हिजो राती मतदातद्बारा चिकित्सा सुधार मसौदा पारित गरेको छ। यससँग"चिकित्साको सयौँ वर्षको सुधार"लाई लगभग साकार तुल्याउने अर्थ रहेको छ।
श्री ओबामा कार्यकाल सुरु भएपछि अमेरिकी चिकित्सा सुधार नै महत्वपूर्ण आन्तरिक मामिला हुँदैआएको छ। यस कानुनी मसौदाद्बारा लगभग तीन करोड बीस लाख अमेरिकीले चिकित्सा बिमा पाउने अनुमान गरिएको छ। यसपछि चिकित्सा बिमाको ढाकिने दर हालको 85% बाट बढेर 95% पुग्नेछ।
अमेरिकी राष्ट्रपति ओबामाले हिजो राती प्रतिनिधि-सभामार्फत चिकित्सा बिमा सुधारसम्बन्धी विधेयक पारित भएकोमा सम्बोधन गर्दै सो नतिजा अमेरिकाका कुनै पार्टीको मात्र सफलता होईन, सबै जनताको सफलता हो भन्नुभयो।
चिकित्सा बिमा सुधार चरम सुधार होइन तर अवश्य नै एउटा महत्वपूर्ण सुधार हो।सो सुधारले अमेरिकाको चिकित्सा प्रणालीसामु रहेको सबै समस्याको समाधान गर्न नसकेता पनि हामीलाई ठीक बाटोतिर लम्किने दिशा देखाएको कुरा श्री ओबामाले बताउनुभयो।
उक्त चिकित्सा बिमा सुधारको विधेयक अन्तिम नतिजा नभएको र सिनेटले भोलि "बजेट समायोजन"प्रस्तावबारे मदतान गरेर मात्र त्यो पारित हुनेछ।सो प्रस्तावले उपर्युक्त सिनेटको विधेयकलाई पूर्णता दिने र केही असमुचित धारालाई हटाउने भएको कुरा पनि उहाँले बताउनुभयो।