खनदहमा मालारानी गाउँपालिकाका स्वास्थ्य संस्थाहरुको बार्षिक समिक्षा गोष्ठी सम्पन्न (फोटो सहित)

सुर्य भुसाल 
खनदह,  अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाहरुले बर्ष भरि  गरेका  कामहरुका बारेमा समिक्षा गर्दै बार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ । 
 गाउँपालिकाका सामाजिक बिकास समितिका संयोजक नरेन्द्र कुमार बस्नेतको अध्यक्षता  गाउँपालिकाका अध्यक्ष बालकृष्ण शर्माको प्रमुख अतिथ्यता, उपाध्यक्ष प्रमिला क्षेत्रीको बिशेष अतिथ्यतामा बिभिन्न महत्त्वपूर्ण बिषयमा छलफल गरि गोष्ठी सम्पन्न भएको प्रमुख प्रसासकिय अधिकृत बिस्णु घर्ति भनभनेले जानकारी दिनु भयो । 
गोष्ठीमा प्रमुख प्रशासकिय अधिकृत बिस्णु घर्ति कार्यक्रम अधिकृत नेत्रप्रसाद खनाल प्रशासन अधिकृत पसुपति चुदाली लेखा अधिकृत खुबिराम पन्थि लगायतले  गाउँपालिकाबाट भईरहेको सेवा प्रबाह बारेमा भनाइ राखेका थिए । 
गोष्ठीमा मालारानी  गाउँपालिका भित्रका स्वास्थ्य संस्थाका प्रमुखहरु आधारभुत स्वास्थ्य केन्दका प्रमुख प्रतिनिधिहरु स्वास्थ्य सयम सेविकाहरुको उपस्थिति रहेको थियोे । 
 गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भबिश्वर खनालको सन्चालन सुनिल सम्राट खनालको सहजिकरणमा भएको कार्यक्रममा स्वास्थका सुचाङकहरुको प्रस्तुतिकरण छलफल गर्दै स्वास्थ्य संस्थाहरुबाट हुने खोप पोषण सुरक्षित मातृत्व महिला स्वास्थ्य स्वयमसेबिका परिवार नियोजन क्षयरोग कुष्ट रोग सरुवा रोगहरु लाग्न नदिन प्रभाबकारी सेवा उपचार दिने बिषयमा छलफल भएको अधिकृत घर्तिले बताउनु भयो  । 
छलफलबाट आगामी बर्ष स्वास्थ्य संस्थाहरुबाट प्रभाबकारी सेवा दिने कोरोना लगायतका सरुवा रोग नियन्त्रणमा ब्यापक प्रयास गर्ने स्वास्थ्य संस्थाहरुबाट प्रभाबकारी सेवा उपलब्ध गराउने स्वास्थ्य संस्थाहरुलाई मज्वुद बनाउन पालिकाले आर्थिक सहयोग गर्ने लगायतका बिषयमा घनिभुत छलफल भएको प्रमुख प्रशासकिय अधिकृत बिस्णु घर्तिले जानकारी दिनु भयो  ।