सुर्य भुसाल
छत्रदेव , अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमान्द भुसालले छिटोछरितो सेवा प्रभाबकारी सेवा दिनका लागि गाउँपालिका भित्रका सबै सरकारी कार्यालयका कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ ।
गाउँपालिका भित्रका स्वास्थ्य शाखा कृर्षि शाखा शिक्षा शाखा सहितबाट दिने सेवालाई बिगतको बर्ष भन्दा यस बर्ष थप प्रभाबकारी ब्यबस्थित बनाउन आग्रह गर्दै तत्काल प्रतिफल देखिने गरि काम गर्न आफुले शाखाका प्रमुखहरुलाई निर्देशन दिएको बताउदै गुणस्तरीय सेवाका लागि छत्रदेव प्रशासन प्रतिबद्ध रहेको बताउनु भयो ।
भुसालले गुनासाहरु नआउने गरि काम गर्नका लागि आफुहरु लागेको र कुनै कमि कमि कम्जोरी भएमा सुझाब दिन समेत आग्रह गरिएको बताउदै पारदर्शिता सुसासन कायम गरि कर्मचारीले काम गर्नु पर्नेमा आफु प्रतिबद्ध भएर लागि परेको बताउनु भयो ।
भुसाल छत्रदेवमा आएपछि निकै नमुना काम गरि छत्रदेवबासीको मन जितेर काम गरेपछि छत्रदेवबासीहरु हर्षित छन् । भने छत्रदेवका कर्मचारीहरुले दिन रात खटेर काम गरेका छन् ।