सन्धिखर्क नगरपालिकाको नयाँ प्रमुख प्रशासकिय अधिकृतमा कृष्ण सापकोटा

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क,  अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा कृष्ण सापकोटा आउनु भएको छ । 
नयाँ प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले छिटोछरितो सेवा दिन र प्रतिफल देखिने गरि काम गर्न नगरपालिकाका कर्मचारीहरुलाई आग्रह गर्नु भएको छ । 
सोमबार सन्धिखर्क नगरपालिकाको प्रमुख प्रसासकिय अधिकृतको रुपमा कार्यभार समाल्दै सापकोटाले सबै नगरवासीको सहयोगबाट नगरपालिकालाई हराभरा समुन्नत सुबिधा सम्पन्न नगरपालिका बनाउन आफुहरु इतिहासमा लागि पर्ने बताउनु भयो । 
प्रधानमन्त्री कार्यालयबाट सरुवा भई नगरपालिकामा हाजिर हुन आउदा सापकोटालाई नगरपालिका कर्मचारीहरुले भब्य स्वागत गरेका थिए । 
कर्मचारीहरुको स्वागतपछि आफ्नो कार्यकक्षमा नगरपालिकाका कर्मचारीहरुसँग कुराकानी गर्दै सापकोटाले मुस्कान सहितको सेवा प्रभाबकारी सेवा छिटोछरितो सेवा दिन र सिहदरबारको अधिकार गाउँ गाउँमा आएको महसुस नगरबासीलाई गराउन कर्मचारीलाई आग्रह गर्नु भयो ।
साप्कोटा सन्धिखर्क नगरपालिका अर्घाखाँचीमा आएको यो दोस्रोपटक हो ।  सापकोटा अनुभबि दक्ष निर्बिभादित उपसचिव हुन् ।  सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमार बिकले सापकोटालाई कार्यकक्षमा खादा ओढाई स्वागत गरेका थिए । 
नगरप्रमुख भुसालले साप्कोटालाई जिम्मेवारी बोधका साथ नगरपालिकालाई समुन्नत हराभरा नमुना भष्टचार मुक्त नगरपालिका बनाउने आफुहरुको योजना स्पिटका साथ अगाडि लैजान नगरप्रमुख भुसालले आग्रह गर्नु भएको थियोे ।
भुसालले नगरपालिकामा सु-सासन कायम गर्न समेत सापकोटालाई आग्रह गर्नु भएको थियोे । स्वागतपछि सापकोटाले जनप्रतिनिधिहरुले बनाएको निति नियम कानुनलाई लिपिबद्द गरेर आफुले त्यसलाई कार्यनयन गरेर प्रतिफल देखिने गरि काम गर्ने बताउनु भएको थियोे ।

अन्य समाचारहरु