आज दिनभर सबै अनलाइनले प्रकाशित गरेको समाचारको कमेन्टमा सर्वसाधारणले मागे निर्मला पन्तको न्याय

प्रकासित मिती: भाद्र १ , २०७७
सन्तोष के.सी.
अर्घाखाँची  । नेपाल को चर्चित काण्ड निर्मला हत्याकाण्ड भएको आज ७५० दिन पुगेको छ।सर्वत्र हत्याकाण्ड को दोषी उपर  कडा कारबाहीको माग गर्दै जनस्तर बाट नै व्यापक बिरोध भएता  पनि दोषीलाई अहिले सम्म कारबाहीको  दायरा मा ल्याउन सकेको अवस्था छैन।
आज दिन भरी निर्मला पन्तको न्याय को लागि फरक ढङ्गले जनस्तर बाट बिरोध आयो ।आज प्रकाशित प्राय सबै राष्ट्रिय स्तरका अनलाइन मिडियाको कमेन्ट बक्स मा जस्टिस फर निर्मला लेखेर फेरि एक पटक निर्मला पन्तको न्यायको लागि आवाज उठाइएको देखिन्छ ।