सन्धिखर्कलाई देशकै उत्कृष्ट नगरपालिका बनाउने सापकोटाको उद्घोष

शोभाखर पन्थी 
 
सन्धिखर्क, अर्घाखाँची भाद्र ०२ । सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले सन्धिखर्क नगरपालिकालाई देशकै उत्कृष्ट नगरपालिका बनाउने उद्घोष गर्नुभएको छ ।
 सन्धिखर्क नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा जिम्मेवारी समाले सँगै उहाँले आर्थिक,सामाजिक र सांस्कृतिक रुपमा नगर लाई बलियो बनाउने बताउनुभयो । सन्धिखर्क प्राकृतिक,धार्मिक ,सांस्कृतिक  तथा राजनीतिक हिसाबले उत्कृष्ट नगरपालिका रहेको बताउँदै उहाँले दिगो बिकासको अबधारणा अनुसार दीर्घकालीन सोंचका साथ नगरको बिकास लाई अगाडि बढाउने दृढता व्यक्त गर्नुभयो  ।
 ५ बर्ष पछि पुन:दोस्रोपटक प्रमुख प्रशासकीय अधिकृतको रुपमा नगरपालिकामा जिम्मेवारी समाल्न आउनु भएका सापकोटा लाई नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल ,उपप्रमुख ठाकुर कुमार बि.क.किशोर लगायतले स्वागत गर्नुभएको थियो ।
 स्वागत कार्यक्रममा बोल्दै नगरप्रमुख भुसालले निक्कै अनुभवी ,क्षमतावान र कार्यकुसलतामा अब्बल प्रमुख प्रशासकीय प्रमुख पाउँदा  आफ्नो गर्वले छाति फुलेको बताउनु भयो ।
 उहाँले आफ्नो क्षमता ,सीप र अनुभव लाई नगरको बिकासमा भरपुर रुपमा लगाउन सापकोटा लाई आग्रह समेत गर्नुभयो । 
नगर उपप्रमुख ठाकुर कुमार बि.क.ले  नगरको चौतर्फी बिकासमा प्रमुख प्रशासकीय अधिकृत सापकोटाले महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो । उहाँले सुशासन सहितको आर्थिक समृद्धि र दिगो बिकासको निम्ति भुमिका खेल्नेमा आफु बिश्वस्त रहेको बताउनु भयो ।
 प्रमुख प्रशासकीय अधिकृत सापकोटाले हाजिर भए लगत्तै सन्धिखर्क १ को लदाम बगैंचामा पुगि वर,पिपल लगायत विभिन्न जातका बिरुवा लगाउनु भएको थियो । 
बृक्षा रोपण पछि आयोजित कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै उहाँले वातावरण संग मानव अस्तित्व जोडिएको भन्दै वातावरण संरक्षणको निम्ति वृक्षारोपण गर्नुपर्नेमा जोड दिनुभयो ।
 बृक्षारोपण कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा नं. १ का सदस्य लक्ष्मण पराजुली लगायतका वक्ताहरूले मन्तव्य राख्नु भएको थियो । 
सापकोटाले नगर स्थापना कालको समयमा २०७२ सालमा नगरपालिकामा बसी कार्यकारी प्रमुखको रुपमा  ९ महिना काम गरिसक्नु भएको छ । स्वच्छ छबि भएका प्रमुख प्रशासनकीय अधिकृत सापकोटाले यसअघि  भ्रष्टाचार नियन्त्रण , सुशासन र बिकासको निम्ति महत्वपूर्ण योगदान दिनुभएको थियो ।

अन्य समाचारहरु