हरि कुवर
मालारानी, अर्घाखाँची । अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका ५ का वार्ड अध्यक्ष शोभाकर भुसालले हरितालिका तीजको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
कोरोनाको संक्रमण अझै पनि रोकिएको छैन । प्रत्येक वर्ष तीजलाई रमाइलो सकारात्मक साँस्कृतिक परम्पराको रुपमा लिए पनि यस वर्ष कुनै कार्यक्रम नगर्न अनुरोध गरेका हुन ।
मालारानी गाउँपालिकाले कोरोना भाइरस (कोभिड -१९) ले विश्व आतंकित बनाएको अवस्थामा जमघट भइ गीत गाउन रोक लगाएको हो । वडाअध्यक्ष भुसालले स्वयम् सचेत हुन वडाबासी लाई अनुरोध गरेका छ्न ।
भुसालले पत्रमार्फत हरितालिका तीजको अवसरमा शुभकामना दिँदै तीजको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै आमा बुवा , दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका हुन ।