२४ घण्टामाकोरोनाका ७ सय ७ संक्रमित थपिए, २६४ डिस्चार्ज

काठमाडौं, भदौ ४ । नेपालमा कोरोना संक्रमितमध्ये थप ६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो गरेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौंकी एक महिला, मकवानपुरका एक पुरुष, सप्तरीका १ पुरुष र पर्साका दुई पुरुष र १ महिलाको मृत्यु भएको जानकारी दिनुभयो ।
योसँगै मृत्यु हुनेको संख्या १२६ पुगेको छ ।
प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा ११ हजार ८ सय ३२ जनामा गरिएको पीसीआर परीक्षणमा थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो ।
यो सँगै संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको छ ।
बिहीबार संक्रमित हुनेमा काठमाडौं उपत्यकाका मात्रै २०० जना रहेका छन् ।
जसमा काठमाडौंमा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना रहेका छन् ।
प्रवक्ता डा. गौतमले पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट २६४ जना निको भएर डिस्चार्ज भएको जानकारी दिनुभयो ।
योसहित निको हुनेको संख्या १७ हजार ९ सय ६४ पुगेको छ ।
मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टीनमा रहनेको संख्या ११ हजार ७ सय ६८ रहेको छ भने ११ हजार ५ सय ५५ जना आइसोलेसनमा रहेका छन् । इमेजच्यानलमा समाचार छ ।