सन्धिर्खक नगपालिकाको वाङ्ला ठुलटारीदेखि मथुरासम्मकाे सडक अस्तव्यस्त, ज्यान गाडी जोखिममा (भिडियो तस्बिर सहित)

दिपक भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सुगम मानिएकाे सन्धिर्खक नगपालिका भित्र रहेकाे वार्ड नम्बर  ५ वाङ्लाको ठुलटारीदेखि मथुरासम्मकाे सडक अस्तव्यस्त भएको छ ।
वाङ्लाको ठुलटारीदेखि मथुरासम्मकाे सडक खण्ड वर्षाको हिलोले हिँडिसक्नु छैन् । जसका कारण दैनिक सयाै यात्रुले दु:ख पाएका छन्, सवारीसाधनलाई आवतजावत कष्टकर भएको छ ।
 हिलाम्मे सडकबाट यातायातका साधन आवतजावत गर्दा सडक छेउछाउका पसलमा पूरै हिलो आउने गरेकोले हैरानी खेप्दै आएको उनिहरुको भनाई छ ।  सो क्षेत्रको सडक हिलाम्मे भएर साना सवारी साधन आवतजावत गराउन निकै सकस हुने गरेको छ ।
 राम्रोसँग काम नगरेको र सडकको माटो निकालेका कारण सडक हिलाम्मे भएर मान्छे समेतलाई आवतजावत गर्न कठिन भएको हो । यस्तै घण्टौ बढी समय सवारी साधन ठेलेर यात्रुहरु गन्तव्य पुग्न वाध्य छन् ।
गर्मीको समय धुलोले हैरान र वर्षाको बेला हिलाम्मे भएर ज्यान र गाडी दुवैको जोखिममा यात्रा गर्न वाध्य यात्रुहरुले सन्धिखर्क नगरपालिका तथा सम्बन्धित निकायको ध्यान समय नगएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
उता सन्धिखर्क नगरपालिकाका सडकहरु निर्माण, मर्मत तथा स्तरोन्नतिका लागि करौडौ बजे छुट्टाएपनि यहाँका सडक अवस्था वर्षौदेखि दयनिय छ ।

अन्य समाचारहरु