अर्घाखाँचीडट्कम संवाददाता
ढाकावाङ्ग, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ ढाकावाङ्गमा राष्ट्रिय जनमोर्चामा पार्टी प्रवेश गराइएका भनिएका नेकपाका कार्यकर्ता पुनः नेकपामै फिर्ता आएका छन् ।
ढाकावाङ्गमा शनिबार राष्ट्रिय जनमोर्चामा पार्टी प्रवेश गराइएका भनिएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का २ दर्जन युवाहरु मध्ये १३ जना पुनः नेकपामै फिर्ता आएका हुन् ।
ढाकावाङ्गको कुसुम्मारेकाका २३ जना युबाहरु नेकपासँग असन्तुष्ट भएको भन्दै राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका थिए । यसरी प्रवेश गर्नेहरूमा पुनाराम खनाल, मोहन खनाल, पुष्पराज खनाल, बिष्णु खनाल, दिपक नेपाली, गोपाल नेपाली, खिम बहादुर नेपाली, पदम खनाल, मधु खनाल, केशव खनाल, प्रकाश खनाल, दिपक नेपाली, गोपाल खनाल, राजु खनाल, नारायण खनाल, हिमाल खनाल, निसन खनाल, बिकास खनाल, संगीता खनाल, टुका खनाल, जागेश्वर खनाल, विष्णुप्रसाद खनाल, बाबुराम नेपाली र विष्णु खनाल लगायत थिए ।
आज आईतबार नेकपा जिल्ला कमिटीका सदस्य प्रेम नारायण गैरे, भुमिकास्थानका मेयर रेशम थापाको उपस्थितीमा पुन: नेकपामै फिर्ता आएका छन् ।
स्रोतका अनुसार ति युवाहरुलाई हिजो डट्कममा समाचार प्रकासित भए लगतै नेकपा जिल्ला कमिटी तहबाट फिर्ता ल्याउन लागी परेका थिए । साथै उनिहरुलाई केही सहयोग दिने अवश्वासन सहित फिर्ता भएका बताइएको छ । तर आफुहरुलाई पार्टीले बेवास्ता गरे पुन: पार्टी छोड्ने चेतावनी पनि उनिहरुले दिएका बताइएको छ ।
दुई दर्जनमा फिर्ता आएका १३ जना मध्ये ३ जना उपस्थिती थिएनन् । तर उनको नाम हस्ताक्षर बिना लेखिएको छ ।
उता भुमिकास्थान नगरपालिकाका विभिन्न ठाउँमा नेकपा, कांग्रेस पार्टी परित्याग गरि दर्जनौ नेता- कार्यकर्ता राष्ट्रिय जनमोर्चामा प्रवेश गरिरहेका छन् ।