फिनल्यान्डकी प्रधानमन्त्री ३४ वर्षीया सान्ना मरिन सोसल डेमोक्र्याट पार्टीको अध्यक्षमा चयन हुनु भएको छ ।
फिनल्यान्डको इतिहासमै यति कम उमेरमा सत्तारुढ दलको नेतृत्व लिने उहाँ पहिलो महिला हुनुहुन्छ ।
फिनल्यान्डको सबैभन्दा ठूलो दल सोसल डेमोक्र्याट पार्टीको अधिवेशनले मरिनलाई पार्टी अध्यक्षमा निर्विरोध चयन गरेको हो ।
उक्त पार्टीमा महिलाले नेतृत्व सम्हालेको यो दोस्रो पटक हो । हाल पार्टी अध्यक्षमा एन्टी रिन्न रहनु भएको छ ।
उहाँले देशभित्रको राजनीतिक गतिरोधबीच गत वर्ष डिसेम्बरमा प्रधानमन्त्री पदबाट पनि राजीनामा दिनु भएको थियो ।
फिनल्यान्डमा निकै लोकप्रिय युवानेतृ मरिनले पार्टी नेतृत्वका लागि उम्मेदवारी दिनुभएको थियो, र उहाँको विपक्षमा कुनै पनि व्यक्तिले उम्मेदवारी दिएका थिएनन् ।
मरिनको आठ महिने सरकारको अधिकाँश समय कोरोना महामारीसँग जुध्दै ठीक्क भएको छ ।
उहाँले कोरोना नियन्त्रणमा गरेको सुझबुझपूर्ण कार्यलाई लिएर देशभित्र निकै प्रशंसा बटुल्नु भएको छ ।
फिनल्यान्डमा हालसम्म ३३४ जनाको मृत्यु भएको छ । सोसल डेमोक्र्याट पार्टीको फिनल्यान्डको दक्षिणी शहर टाम्परमा गतसाता अधिवेशन सम्पन्न भएको थियो ।
पार्टीले सन् २०१९ को चुनावमा करिब १८ प्रतिशत मत प्राप्त गरेर संसदमा सबैभन्दा ठूलो दल बनेको थियो ।
हाल यस पार्टीले अरु स-साना पाँच वटा पार्टीको समर्थनमा सरकार बनाएको छ । (एजेन्सी)