युबराज पौडेल / कमला घिमिरे
ठाडा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका अन्तरगत पतन्जली मार्गको विभिन्न ठाउँमा पहिरोको कारण बाटो अबरुद्ध हुदा बिरामीहरु समयमै उपचार गराउन बाट बन्चित हुनुपरेको छ।
स्थानीय सरकार आएको तीन बर्ष भैसक्दानी बाटोको अबस्था जस्ताको त्यस्तै छ हरेक बर्ष करोड बजेट खर्च भएता पनि दीर्घकालीन योजना कार्य भएको देखिदैन ।
भदौ ९गते मङ्गगलबार राती जुकेना देखि ठाडा बिरामी लिएर आउदा रातको एक बजे जिप नै हिलोमा गडेपछी स्थानिय युबाको अगुवाइमा रसिले तानियको तस्बिरमा देख्न सकिन्छ यस भन्दा पहिले नि दाङ्सिङ बाट एक सुत्केरी महिला लिएर आउदै गर्दा को भिडियो सामाजिक संजालमा भाइरल भए लगत्तै बाटो सोर्ने कार्य भएको थियो ।
स्थानीय जनप्रतिनिधिलाई फोन गर्दा सडक नगरपालिकाले सोर्ने रेखदेख गर्ने जिम्मा लिएको बताउछ्न । सिहदरवारको अधिकार गाउँ गाउमा भन्ने नारा स्थानीय बासिन्दालाई भने जुन जोगि आएनी कानै चिरेको उखान जस्तै भएको गुनासो सुनाउँछ।