बिजय केसी
बाँगी, मालारानी अर्घाखाँची । कोरोनाको जोखिम बढेको भन्दै मालारानी गाउँपालिका वार्ड नं. ५ बाँगीको आरुखोर क्षेत्रमा एक हप्ताको लागी लकडाउनलाई कडा गर्ने निर्णय गरेको छ ।
लकडाउनलाई पूर्ण रुपमा लागु गर्न थप कडाई गर्ने निर्णय गरिएको मालारानी गाउँपालिकाका वडा नं. ५ का अध्यक्ष शोभाकर भुसालले जानकारी दिनु भयो ।
एक हप्तासम्म मालारानी ५ भित्र रहेको पसलहरु बन्द गर्न सर्बदलिय निर्णय भएको छ । अति आवश्यक काम बाहेक टोल बाहिर नजान वडा बासीलाई ५ नम्बर वडा कार्यालयले आग्रह गरेको छ । यस्तै मालारानी गाउँपालिका वडा नं. ४ खनको साबिक वडा नं. १ देखी ५ सम्म पनि लकडाउनलाई कडाई गरिएको छ ।