अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा निषेधाज्ञा पुनः थपिएसँगै चेकजाँचमा कडाइ गरिएको छ ।
कोरोना संक्रमण तीव्र रुपमा बढ्दै गएपछि नियन्त्रणका लागि स्थानीय प्रहरी प्रशासनले दोस्रो पटक जारी गरेको निषेधाज्ञाको पहिलो दिनदेखि सुरक्षाकर्मीले नाका लगायत शहरका विभिन्न स्थानमा चेकजाँचमा कडाइ गरेका हुन् ।
अर्घाखाँची जिल्लामा आगामी भदौ १७ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय प्रशासनले गरेको थियो ।
जिल्लामा खाद्यान्न, फलफूल, औषधि, तरकारी, दुग्ध र मासुजन्य सामग्री बेच्न समय दिएको छ ।
तर जिल्ला प्रशासन कार्यालयबाट भने कुनै पनि पास वितरण भने भएको छैन ।