सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले नगरपालिका भित्र आफुले अनियमितता हुन नदिने बताउनु भएको छ ।
उहाले आफुले अनियमितता नगर्ने र अरुलाई पनि अनियमितता गर्न नदिने बताउदै कहि कतै त्यस्ता कुरा गर्न खोजेको जानकारी प्राप्त गरे तत्काल आफुलाई जानकारी गराउन आग्रह गर्दै स्थानिय ठाउँहरुमा भएको बिकास निर्माणको कामहरुको अनुगमन स्थानिय जनताहरुले पनि गर्नु पर्ने बताउनु भयो ।
नगरप्रमुख भुसाल सहितका जनप्रतिनिधिहरु निर्वाचित बनेर नगरपालिकामा आएपछि सयौं नयाँ बिकासका कामहरु सम्पन्न भएका छन भने सयौं कामहरु निरन्तर भईरहेका छन ।
सन्धिखर्क नगरपालिका अर्घाखाँचीको नमुना नगरपालिका हो नगरपालिका भित्र शान्तिबगैचा आधुनिकरण नरपानीमा रहेको गंगा सरोबरमा डुङगा सन्चालन सिटि टाबर निर्माण बगैचाहरुको सरक्षण प्रबर्द्धन ठाउठामा खेल मैदान सदरमुकाममा खानेपानीको समस्या समधान गर्न नौलापानी खानेपानी आयोजना सम्पन्न मठमन्दिर निर्माण पर्यटकीय स्थानको पहिचान सडक निर्माण बिभिन्न खालका उधमसिल तालिमहरु सम्पन्न गरेको र अझै थप नया दर्जनौं योजनाहरु अगाडि बढिरहेको बताउदै बिकासमा राजनीतिक पुर्व आग्रह खिचातानी नर्गन आग्रह गर्नु भयो ।
सन्धिखर्क नगरपालिका वार्ड नम्बर ३ मा भईरहेको बिकास निर्माण कामहरुको अनुगमन पछि स्थानियहरुसग भएको भेटघाटमा भुसालले भष्टचारको अन्त्य हराभरा नगरपालिका सुन्दर नगरपालिका बनाउने अभियानमा आफुहरु लागेकाले सहयोग गर्न आग्रह गर्नुभयो ।
अनुगमनमा प्रमुख प्रशाकिय अधिकृत कृस्न प्रसाद साप्कोटा वार्ड अध्यक्ष लिलाराम गौचन स्थानीय जनप्रतिनिधिहरु स्थानियबासी प्राबिधिकहरुको सहभागीता रहेको थियोे ।