अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्ला जिल्लाको सन्धिखर्क स्थित पलटिङ्गकाे अतिक्रमणमा परेका सुन्दर र उत्पादनसिल कुडुले,बिर्ति र सुक्मिफाँटमा अब प्रदेश सांसदकाे सिफारिसमा प्रदेश सरकार बाट स्मार्ट कृषि कार्यक्रम संचालन गरिने भएको छ ।
जुन कार्यक्रमका लागि प्रदेश सरकारबाट रु. ५० लाख लगानी हुनेछ भने सनपाले रु. १० लाख सहभागिताकाे प्रतिबध्दता ब्यक्त गरेकाेछ।
यि तिन वटा फाँटहरुमा ३ सिजन बिभिन्न जातका तरकारीहरु उत्पादन गरि सन्धिखर्कलाई तरकारीमा आत्मनिर्भर बनाईने छ।
सिंचाईकाे समस्यालाई दृस्टिगत गरि यस आ. व. मा रु.३० लाँख बजेट समेत छुट्याई बहुबर्षिय क्रमागत याेजनाकाे रुपमा अगाडि बढाईने भएको छ ।